एमाले एकताको अन्तिम प्रयास हो, नत्र बाक्लो दाल खाउ : बाँस्कोटा « Khabarhub

एमाले एकताको अन्तिम प्रयास हो, नत्र बाक्लो दाल खाउ : बाँस्कोटा


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अन्तिम प्रयास गरेको बताएका छन् ।

एकताका लागि गरिएको अन्तिम प्रयासलाई पनि वेवास्ता गरे माधव नेपाल समूहले बाक्लो दाल खाए हुँने उनको सुझाव छ ।

सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले भनेका छन्, ‘अब के भने नि बस्नेलाई श्री सम्पत्ति जिम्मा जानेलाई दुई-तीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा । के गर्नु? आफ्नै हुन माया लाग्छ । राष्ट्रकवि माधव घिमिरेको गौरी शोक काब्यमा जस्तै बनाए। यी हाँसे पनि रोए पनि बुढालाई पीरै पीरमा राख्ने भए । लास्ट प्रयास! पारिवारिक मिलनको नत्र बाक्लो दाल खाउ ।’

नेपाल समूहले पार्टी एकता असम्भव रहेको बक्तव्य जारी गरेकै दिन अध्यक्ष ओलीले आइतबार राति विज्ञप्ती जारी गर्दै  आफू एकताकै पक्षमा रहेको र २०७५ जेठ ३ अघि फर्कन तयार रहेको जनाएका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ८ : २५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना