पत्रकार आक्रमणका दोषी पक्राउ गर्न पाकिस्तानलाई अमेरिकाको दबाब « Khabarhub

पत्रकार आक्रमणका दोषी पक्राउ गर्न पाकिस्तानलाई अमेरिकाको दबाब


२४ जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिंटन- पाकिस्तानमा वरिष्ठ पत्रकार अब्सर आलममाथि आक्रमण गर्ने दोषी पक्राउ गर्न अमेरिकाले पाकिस्तान सरकारलाई आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले प्रेस स्वतन्त्रता र पत्रकारहरुको संरक्षण महत्वपूर्ण बिषय रहेको भन्दै पत्रकार आलममाथि आक्रमण गर्ने दोषी पत्ता लगाउन पाकिस्तान सरकारलाई आग्रह गरेको हो ।

पत्रकार आलमलाई इस्लामाबादस्थित आफ्नो निवास नजिकै पार्कमा गोली हानी हत्याको प्रयास भएको थियो । अमेरिकी विदेश मन्त्रालयले ट्वीट मार्फत वरिष्ठ पत्रकार आलमको सुस्वास्थ्यको कामना गर्दै दोषी पक्राउ गर्न पाकिस्तान सरकारलाई आग्रह गरेको छ ।

घटनाको पाकिस्तान मानव अधिकार आयोगले पनि निन्दा गरेको छ । आक्रमणकारीले पेटमा गोली हानी हत्या प्रयास गरेको पत्रकार आलमले भिडियो सन्देशमार्फत बताएका छन् ।

पाकिस्तानमा सेनाको आलोचना गरेको आरोपमा पाकिस्तान बिद्युतीय  अपराध ऐन २०१६ अन्तर्गत पत्रकार र मिडियाहरुमाथि कारबाही हुने गर्दछ ।

स्रोत : फाइनान्स 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  १० : ३० बजे

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित