प्रदेश- २ को बजेट अधिवेशन आज, ठाकुर पक्षले अवरुद्ध गर्ने « Khabarhub

प्रदेश- २ को बजेट अधिवेशन आज, ठाकुर पक्षले अवरुद्ध गर्ने


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- प्रदेश २ को बजेट अधिवेशन आज सुरु हुँदैछ । पदेश प्रमुख राजेश अहिराजले पाँचौं अधिवेशनको अन्त्य गरी छैठौं अर्थात् बजेट अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालयले आज १ बजे बैठक डाकेका छन् । बैठकमा नवनियुक्त दलका नेतालाई शुभकामना र प्रि-बजेट छलफल हुने कार्यसूची छ ।

प्रदेशमा जनता समाजवादी पार्टीको सरकार छ । पार्टीका अध्यक्ष महन्थ ठाकुर पक्ष संघीय सरकारमा सहभागी भएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले आइतबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश संसदीय दलका नेता चयन गरेका छन् ।

उनले विधान समेत बहुमत संसद्को हस्ताक्षरसहित पारित गरेका छन् । आइतबार राति नै राउतले ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल र तीन राज्यमन्त्रीलाई बर्खास्त पनि गरेका छन् ।

ठाकुर पक्षका चार मन्त्रीलाई बर्खास्त गरिएका कारण उनी पक्षीय सांसदले प्रदेशसभा बैठक अवरुद्ध पार्ने सम्भावना छ । प्रदेश सरकार जेठ २७ मा नीति तथा कार्यक्रम र अगामी असार १ मा बजेट ल्याउने तयारीमा जुटेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १२ : ०५ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर