अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशत घट्यो, नेपाल एयरलाइन्सले घटायो भाडा « Khabarhub

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशत घट्यो, नेपाल एयरलाइन्सले घटायो भाडा


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल आयल निगमले अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी हवाई इन्धनको मूल्यमा २० प्रतिशत कटौती गर्ने निर्णय गरेको हो ।

यस अनुसार अब हवाई इन्धनको मूल्य अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७१५ अमेरिकी डलरमा झरेको छ । निगमले प्रतिकिलोलिटर १७८ अमेरिकी डलर मूल्य कटौती गर्ने निर्णय लिएको हो ।

निगमले हवाई इन्धनबाट पाक्षिक १ करोड ५० लाख नाफा आर्जन गरिरहेको थियो । तर, यो नाफा एलपी ग्यासमा भइरहेको पाक्षिक ५० करोडको तुलनामा निकै कम भएको भन्दै मूल्य घटाउन राजी भएको हो ।

निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले कोरोनाका कारण सिर्जना भएको यो अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा बढीमा १५ प्रतिशत मात्र नाफा राखेर घटाउने निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढी भएका कारण नेपालबाट सञ्चालित वायुसेवा कम्पनीको प्रतिष्पर्धी क्षमता कम भएको गुनासो एयरलाइन्सले गरेका थिए ।

सोहीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको छलफलपछि यस्तो निर्णय लिइएको निगमले जनाएको छ ।

अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य घटेसँगै नेपाल एयरलाइन्सले पनि अन्तर्राष्ट्रिय उडानमा भाडा घटाएको छ । वाइडबडीको भाडामा १३ प्रतिशत र न्यारोबडीको भाडामा १५ प्रतिशतसम्म कटौती भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ३ : ०१ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको