निषेधाज्ञा उल्लंघन गरेको आरोपमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर पक्राउ « Khabarhub

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर पक्राउ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङ पक्राउ परेका छन् ।

निषेधाज्ञाको उल्लंघन गर्दै दिउँसोको समयमा डिपार्टमेन्ट स्टोर खोलेको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।

निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङलाई पक्राउ गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका क्रममा पुग्दा दिउँसो पनि डिपार्टमेन्ट स्टोर खुला राखेको भेटेको थियो ।

दिउँसो पनि खुला राखेको सूचना पाएपछि सहायक प्रजिअको टोली अनुगमनका लागि त्यहाँ पुगेको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ४ : ०३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५