निषेधाज्ञा उल्लंघन गरेको आरोपमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर पक्राउ | Khabarhub Khabarhub

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर पक्राउ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निषेधाज्ञाको उल्लंघन गरेको आरोपमा कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङ पक्राउ परेका छन् ।

निषेधाज्ञाको उल्लंघन गर्दै दिउँसोको समयमा डिपार्टमेन्ट स्टोर खोलेको आरोपमा प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।

निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङलाई पक्राउ गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली अनुगमनका क्रममा पुग्दा दिउँसो पनि डिपार्टमेन्ट स्टोर खुला राखेको भेटेको थियो ।

दिउँसो पनि खुला राखेको सूचना पाएपछि सहायक प्रजिअको टोली अनुगमनका लागि त्यहाँ पुगेको थियो ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ४ : ०३ बजे

सामान्य प्रशासन मन्त्री न्यौपानेले गरिन् पदभार ग्रहण

काठमाडौं– नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले

हुवावेले एप्पललाई उछिन्यो, चीनको मोबाइल बजारमा अग्रस्थानमा

एजेन्सी – चिनियाँ प्रविधि कम्पनी हुवावे चार वर्षपछि फेरि चीनको

एमालेमा दुई विकेट पतन ! ओली सरकारको ‘भिजिबिलिटी’मा समस्या

गत साल बनेको ओली सरकारको टिम, जसमा केही मन्त्रीहरु हेरफेर