आज नेप्से ०.२१ अंकले घट्यो, १५ अर्ब ८१ करोडको कारोबार « Khabarhub

आज नेप्से ०.२१ अंकले घट्यो, १५ अर्ब ८१ करोडको कारोबार


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सोमबार शेयर बजार मापक नेप्से परिसूचक ०.२१ अंकले घटेको छ । हिजो आइतबार हालसम्मकै उच्च अंकमा पुगेर रेकर्ड कायम गरेको नेप्से साताको दोस्रो कारोबार दिन आज भने ओरालो लागेको हो ।

सोमबार सुरुवातमा उच्च अंकले बढेको शेयर बजार केही करेक्सनसहित बन्द भएको छ । २९२८ अंकसम्म पुगेको बजारमा सामान्य करेक्सन देखिएको छ ।

बजार ०.२१ अंकले घटेर २९०६.७ मा बन्द भएको छ । सोमबार १५ अर्ब ८१ करोड रुपैयाँको शेयर किनबेच भएको छ । वित्तीय क्षेत्रतर्फको विकास बैंक फाइनान्स, जीवन र निर्जीवन बीमा समूह भने बढेको छ । लघुवित्त मात्र ओर्लिएको छ ।

बैंकिङ समूह अन्तर्गत कारोबार भएका सबै वाणिज्य बैंकहरुको मूल्य घटेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले घटेर ५२०.६३ को विन्दुमा झरेको छ । नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ७ वटामा हरियाली छाएको छ भने ६ वटामा रातो पोतिएको छ ।

यो दिन विकास बैंक समूह सर्वाधिक २६०.०६ अंकले उकालो लागेको छ । वित्त समूह १६२.९४ अंकले बढेको आज जलविद्युत समूहमा ९१.६५ अंक, निर्जीवन बीमा समूहमा ३१.६५ अंक, अन्य समूहमा ५.१ अंक, जीवन बीमा समूहमा १६.०४ अंक र म्युचुअल फन्ड समूहमा ०.१ अंकको बढोत्तरी भएको छ ।

यो दिन व्यापार समूह सर्वाधिक ९२.२७ अंकले ओरालो लागेको छ । होटेल तथा पर्यटन समूह ४२.४९ अंकले घटेको आज बैंकिङ समूहमा ३१.७४ अंक, उत्पादन तथा प्रशोधन समूहमा २१.२ अंक, लघुवित्त समूहमा २२.४३ अंक र लगानी समूहमा ०.१ अंकको गिरावट आएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ५ : ०६ बजे

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया

सनी देओल अभिनीत ‘बोर्डर २’ को टिजर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’