१ हजार ८३१ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ? « Khabarhub

१ हजार ८३१ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८३१ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ४३४ कोरोना संक्रमितको आईसीयूमा र ३९७ को भेन्टिलेटरमा गरी कुल १ हजार ८३१ जना उपचाररत छन्।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १९७ जना आईसीयूमा र ३५ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ९० आईसीयूमा र २२ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ७७१ जना आईसीयूमा र २६६ जना भेन्टिलेटरमा छन्।

गण्डकी प्रदेशमा १२८ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १७२ जना आईसीयूमा र २३ जना भेन्टिलेटरमा, कर्णालीमा ४७ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयू र ५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १० : १५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब