२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७२ संक्रमित जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार २ जनाको पीसीआर परीक्षणबाट ३ हजार ३३७ र ५ हजार ९०१ एन्टिजेन परीक्षणमा १ हजार १०२ जना गरी ४ हजार ४७२ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ६ हजार ९५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा १०, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ३१, ताप्लेजुङ २, तेह्रथुम २६, धनकुटा १४, भोजपुरमा ३, पाँचथर ३, मोरङमा १७५, संखुवासभामा २७, सोलुखुम्बु २ र सुनसरी २११ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ११५, पर्सामा १०, बारामा ५, महोत्तरीमा ३९, रौतहटमा १३, सप्तरीमा १३, सर्लाहीमा ५ र सिरहामा १० जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ७९० जनामा कोरोना भेटिएको छ। काभ्रेमा १३६, चितवनमा १३१, दोलखामा २, धादिङमा ५३, नुवाकोटमा ७१, भक्तपुरमा १३५, मकवानपुरमा ४४, रसुवा ६, रामेछापमा २, ललितपुरमा २९०, सिन्धुपाल्चोकमा १६२ र सिन्धुली १६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १३०, गोरखामा १२९, तनहुँमा १४, नवलपरासी पूर्वमा ५७, पर्वत ५, म्याग्दी १, लमजुङमा २६, र स्याङजामा १९ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा २१, गुल्मीमा ९, दाङमा ४१, नवलपरासीमा ८, पाल्पामा ७०, प्यूठानमा ५, बर्दियाका ६, बाँकेमा ३, रुपन्देहीमा ८० र रोल्पामा ७५ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, जुम्ला १२, दैलेखमा २३, मुगुमा १, सल्यानमा ४, र सुर्खेतमा १०३ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ३२, कैलालीमा १५, डोटी १५, र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : ४५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु