२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७२ संक्रमित जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार २ जनाको पीसीआर परीक्षणबाट ३ हजार ३३७ र ५ हजार ९०१ एन्टिजेन परीक्षणमा १ हजार १०२ जना गरी ४ हजार ४७२ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ६ हजार ९५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपुरमा १०, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ३१, ताप्लेजुङ २, तेह्रथुम २६, धनकुटा १४, भोजपुरमा ३, पाँचथर ३, मोरङमा १७५, संखुवासभामा २७, सोलुखुम्बु २ र सुनसरी २११ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा ११५, पर्सामा १०, बारामा ५, महोत्तरीमा ३९, रौतहटमा १३, सप्तरीमा १३, सर्लाहीमा ५ र सिरहामा १० जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ७९० जनामा कोरोना भेटिएको छ। काभ्रेमा १३६, चितवनमा १३१, दोलखामा २, धादिङमा ५३, नुवाकोटमा ७१, भक्तपुरमा १३५, मकवानपुरमा ४४, रसुवा ६, रामेछापमा २, ललितपुरमा २९०, सिन्धुपाल्चोकमा १६२ र सिन्धुली १६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १३०, गोरखामा १२९, तनहुँमा १४, नवलपरासी पूर्वमा ५७, पर्वत ५, म्याग्दी १, लमजुङमा २६, र स्याङजामा १९ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा २१, गुल्मीमा ९, दाङमा ४१, नवलपरासीमा ८, पाल्पामा ७०, प्यूठानमा ५, बर्दियाका ६, बाँकेमा ३, रुपन्देहीमा ८० र रोल्पामा ७५ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, जुम्ला १२, दैलेखमा २३, मुगुमा १, सल्यानमा ४, र सुर्खेतमा १०३ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ३२, कैलालीमा १५, डोटी १५, र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : ४५ बजे

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक