दाङको एक होटलबाट ६ जुवाडे पक्राउ « Khabarhub

दाङको एक होटलबाट ६ जुवाडे पक्राउ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा घोराहीमा एक होटलमा जुवा खेलिरहेको अवस्थामा एक लाख बढी रकम सहित ६ जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका दाङका अनुसार घोराही उपमहानगरपालिका १५ स्थित गौरी दिप होटलमा जुवा खेलिरहेको अवस्थामा शनिबार राति १ लाख ३९ हजार सात सय रुपैयाँसहित ६ जना जुवाडे पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी ४१ वर्षिय सुधिर न्यौपाने, सोही ठाउँ निवासी ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोख्रेल, २९ वर्षीय भिम खत्री, २४ वर्षीय होमराज रोका र होटल सञ्चालक २९ वर्षीय दीपक थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनीहरुको साथबाट एक गड्डी तास, नगद बरामद गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ६ : ५५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै