बाह्य व्यक्तिलाई राउटे समुदायमा जान प्रशासनले लगायो रोक « Khabarhub

बाह्य व्यक्तिलाई राउटे समुदायमा जान प्रशासनले लगायो रोक


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय सुर्खेतले बाह्य व्यक्तिहरुलाई राउटे समुदायमा जान रोक लगाएको छ ।

राउटे समुदायका युवतीहरुमाथि यौन दुर्व्यवहार भएको घटना बाहिरिएपछि उनीहरुको सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थानीय प्रशासनले राउटे वस्तीमा अन्य व्यक्तिहरुलाई जान रोक लगाएको हो ।

प्रमुख जिल्ला अघिकारी छविलाल रिजालले राउटे समुदायका युवतीहरुमा यौन दुर्व्यवहार भएको घटनापछि उनीहरुको सुरक्षाका लागि अन्य व्यक्तिलाई उक्त बस्तिमा जान रोक लगाएको उनले बताए । राउटे बस्तीमा बाहिरको व्यक्तिलाई जान नदिने र राउटे समुदायका युवायुवतीहरुलाई पनि जथाभावी हिड्न नदिने गरी सुरक्षाकर्मी समेत खटाइएको उनले जानकारी दिए ।

उनीहरुलाई निगरानी गर्नको लागि २२ जना प्रहरी खटाइएको उनले बताए । पछिल्लो केही समयदेखि राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्।

सोमबार विहानदेखि नै उक्त समुदायमा अन्य व्यक्तिहरुलाई प्रवेश गर्न रोक लगाएको रिजालले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ६ : २८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना