नागरिकको जीवन रक्षा गर्नु मेरो पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री तामाङ « Khabarhub

नागरिकको जीवन रक्षा गर्नु मेरो पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री तामाङ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले कोरोना नियन्त्रणका साथै परीक्षण, उपचार र खोपको सहज उपलब्धताका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् ।

सोमबार मन्त्रालयमा भर्चुअल पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको भन्दै परीक्षण, उपचार र खोपको सहज उपलव्धताका लागि आफ्नो ध्यान केन्द्रीत रहेको बताएका हुन् ।

मन्त्री तामाङले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको उल्लेख गरे । मन्त्री तामाङले केही महिनाभित्र सबै नेपालीलाई खोप दिने र खोप उत्पादक देशबाट खोप ल्याउन सबै किसिमका उपाय लगाउने पनि जानकारी दिए ।

त्यस्तै मन्त्री तामाङले भविष्यमा आउन सक्ने भनिएको सम्भावित तेस्रो लहरकाबारेमा समेत विज्ञसँग परामर्श गरी मन्त्रालय तयारीमा जुटिसकेको बताए । उनले आफू हरेक काम पारदर्शी ढंगले अघि बढाउन चाहने भन्दै मन्त्रालयका कर्मचारीलाई समेत त्यही रुपमा कार्य गर्न निर्देशन दिएको बताए ।

स्वास्थ्य जनताको मौलिक हकको विषय भएको भन्दै मन्त्री तामाङले बीमा कार्यक्रमको पुनर्संरचना गरी सो कार्यलाई अघि बढाउने धारणा पनि राखे ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ८ : ०१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना