बारामा ४९ केजी गाँजासहित तीन जना पक्राउ « Khabarhub

बारामा ४९ केजी गाँजासहित तीन जना पक्राउ


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बारामा ४९ केजी गाँजासहित तीनजना पक्राउ परेका छन् ।

सोमबार बेलुका महागढीमाई नगरपालिका–२ स्थित इनर्वा चोकबाट ४९ केजी गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका घर भएका अमिरका पासवान, रमेश चौधरी र राज कुमार ठाकुर छन् । लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय बाराबाट संयुक्त रुपमा खटिएको टोलीले पक्राउ गरेका छन् ।

बरियापुरतर्फबाट तेलकुवा जाँदै गरेको ना.२ ह ६१०६ नम्बरको अटो र पल्सर मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गर्न सफल भएको जनाएको छ । हाल उनीहरुलाई बारा प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  १० : ३० बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै