अनेसास अस्टिनको भर्चुअल कवितावाचन « Khabarhub

अनेसास अस्टिनको भर्चुअल कवितावाचन


२४ जेष्ठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेक्सस(अमेरिका)– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्टिन च्याप्टरले आफ्नो मासिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । जुन ६ तारिख आइतबारका दिन संस्थाका अध्यक्ष धर्मानन्द गौतमको सभापतित्वमा जुममार्फत भर्चुअल्ली साहित्य रचनावाचन कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा अनेसासका केन्द्रिय वरिष्ठ उपाध्यक्ष साहित्यकार गोवद्र्धन पूजा र साहित्यकार कल्पना तामाङले आ–आफ्ना कविता वाचन गरेका थिए । बोस्टनकी साहित्यकार पूजाले चार कविता वाचन गर्दा साहित्यकार कल्पना तामाङले पाँच कविता सुनाइन् ।

संस्थाका महासचिव केशवराज ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा साहित्यकारहरू पिताम्बर दाहाल, हस्त गौतम, केशव पन्थी, बबि लिम्बू, दिनेश दाहाल, सरोज वाग्लेले कविता सुनाए ।

त्यस्तै पत्रकार तथा संस्थाका सदस्य सुमन गैरेले आफूले रचना गरेको गीत सुनाएर कार्यक्रमलाई संगीतमय बनाएका थिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ९ : २० बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४