अनेसास अस्टिनको भर्चुअल कवितावाचन « Khabarhub

अनेसास अस्टिनको भर्चुअल कवितावाचन


२४ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेक्सस(अमेरिका)– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्टिन च्याप्टरले आफ्नो मासिक रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । जुन ६ तारिख आइतबारका दिन संस्थाका अध्यक्ष धर्मानन्द गौतमको सभापतित्वमा जुममार्फत भर्चुअल्ली साहित्य रचनावाचन कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा अनेसासका केन्द्रिय वरिष्ठ उपाध्यक्ष साहित्यकार गोवद्र्धन पूजा र साहित्यकार कल्पना तामाङले आ–आफ्ना कविता वाचन गरेका थिए । बोस्टनकी साहित्यकार पूजाले चार कविता वाचन गर्दा साहित्यकार कल्पना तामाङले पाँच कविता सुनाइन् ।

संस्थाका महासचिव केशवराज ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा साहित्यकारहरू पिताम्बर दाहाल, हस्त गौतम, केशव पन्थी, बबि लिम्बू, दिनेश दाहाल, सरोज वाग्लेले कविता सुनाए ।

त्यस्तै पत्रकार तथा संस्थाका सदस्य सुमन गैरेले आफूले रचना गरेको गीत सुनाएर कार्यक्रमलाई संगीतमय बनाएका थिए ।

प्रकाशित मिति : २४ जेठ २०७८, सोमबार  ९ : २० बजे

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई