एमाले कार्यदल बैठक दुई घण्टा पछि सर्‍यो « Khabarhub

एमाले कार्यदल बैठक दुई घण्टा पछि सर्‍यो


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।

आज विहान साढे ८ बजे बस्ने भनिको बैठक दुई घण्टा पछि सारेर साढे १० बजे बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिए।

सिंहदरबारमा भएको हिजोको बैठकमा सहमतिका लागि विभिन्न विकल्पमा छलफल भएपनि ठोष निष्कर्ष निस्किन सकेको थिएन । आजको बैठकमा आन्तरिक समस्याका विषयमा गम्भीर रुपमा छलफल हुने कार्यदल सदस्य भीम रावलले बताए ।

उनले मंगलबारको बैठकमा सहमतिका लागि अघि सारिएका विभिन्न विकल्पमाथि छलफल भएको र छलफल सकारात्मक बताए । उनले समस्या समाधानका लागि कार्यदलमा उठेका विविध धारणाहरुका विषयमा आजको बैठक केन्द्रित हुने बताए ।

‘हाम्रा आन्तरिक समस्या गम्भिर रुपमा विश्लेषण गरेर आजको बैठकमा छलफल अगाडि बढाउँछौं,’ नेता रावलले भने, ‘ विमति भएका विषयमा विभिन्न कोणबाट आज पनि छलफल हुनेछ ।’

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली पक्षबाट ५ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट ५ गरी १० सदस्यीय कार्यदल बनाइएको छ। कार्यदलमा ओली पक्षबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल छन् ।

यसैगरी नेपाल पक्षबाट उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकेपछि गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय भएको थियो ।

यसअघि सोमबार पनि कार्यदलबीच छलफल भएको थियो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : १३ बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि