कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि « Khabarhub

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि


१६ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि बनेका छन् । कास्की क्षेत्र नम्बर १ र कास्की क्षेत्र नम्बर २ बाट बाबु–छोरा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । 

कास्की क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य रहेका कृष्ण केसी महाधिवेशन प्रतिनिधि भए भने सभापतिमा सरोज केसी विजयी भए । त्यसैगरी क्षेत्र नम्बर २ मा गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विन्दुकुमार थापा र छोरा सौगात थापा निर्वाचित भएका छन् । 

३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा सौगातले उमेदवारी दिएका थिए । बुबा विन्दुले खुलातर्फबाट महाधिवेशन प्रतिनिधिमा उमेदवार दिएका थिए । दुवैजना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि सौगातले यो परिणाम व्यक्तिगत उपलब्धि मात्र नभइ युवामाथि गरिएको विश्वास भएको बताएका छन् । पोखराको व्यावसायिक घरनाका थापा केही दिन पहिले पोखरा उद्योग वाणिज्य संघको उपाध्यक्षमा विजयी भएका थिए । 

विन्दुले क्षेत्रीय अधिवेशनमा प्रतिनिधिले देखाएको माया, विश्वास र सद्भावलाई आफ्नो राजनीतिक यात्राको महत्त्वपूर्ण पुँजीका रूपमा लिएको बताए । 

कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन यही असोज १८ गते काठमाडौंमा हुँदै छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  १० : ३३ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको