विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न पाउने « Khabarhub

विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न पाउने


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशी विश्वविद्यालयमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका तर कोरोना महामारीका कारण इन्टर्नसिप गर्न नपाएका विद्यार्थीहरुले नेपालमा नै इन्टर्नसिप गर्न पाउने भएका छन् ।

कोरोनाको जटिल परिस्थितिले पढेकै विश्वविद्यालयमा इन्टर्नसिपको अवधि पूरा गर्ने अवस्था नरहेकोले सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तिर्ण गरी इन्टर्नसिपको अवधि पूरा गर्न नपाएका विद्यार्थीलाई यो पटकका लागि नेपालमै बाँकी अवधि पूरा गर्ने व्यवस्था मिलाइएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

यही असार २१ गते भएको आयागको बैठकले विद्यार्थीहरुलाई नेपालमा नै इन्टर्नसिप गर्न दिने निर्णय गरेको हो। विद्यार्थीहरुले अनलाइन आवेदन असार २४ देखि र साउन ५ गतेसम्म दिन सक्ने छन् । आवेदन शुल्क एक हजार पाँच सय लाग्ने आयोगले जनाएको छ ।

आवेदन दिन स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्तिर्ण भएको प्रमाणपत्रलगायत कागजातहरू आवश्यक पर्ने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १२ : ५७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै