एमाले कार्यदल निष्कर्ष उन्मुख, भोलिसम्म ठोस निर्णयमा पुग्ने सहमति | Khabarhub Khabarhub

एमाले कार्यदल निष्कर्ष उन्मुख, भोलिसम्म ठोस निर्णयमा पुग्ने सहमति


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पार्टीभित्रको विवाद समाधानमा सक्रिय एमालेको कार्यदलमा जारी छलफल निष्कर्ष उन्मुख भएको नेताहरूले बताएका छन् ।

विवाद समाधानका लागि आज पनि सिंहदरबारमा भएको कार्यदल बैठक सकिएको छ । कार्यदल सदस्य प्रदीप ज्ञवालीले छलफल निष्कर्षउन्मुख भएको र भोलिसम्म टुंगोमा पुग्ने बताए ।

कार्यदल सदस्य तथा एमाले सचिव गोकर्ण विष्टले दिएको जानकारी अनुसार नेकपा एमालेको पूर्ववत कमिटी ब्युँताउने विषयमा सहमति जुटिसकेको छ भने अदालतमा विचाराधिन मुद्दा र संसद विघटनका बारेमा समेत साझा धारणा तय गर्ने विषयमा छलफल जारी छ ।

सचिव विष्टले पार्टी संगठनलाई पहिलाकै अवस्थामा फर्काउने विषयमा सहमति जुटिसकेको र माओवादीबाट एमाले प्रवेश गरेका नेताहरुका बारेमा समेत व्यवस्थापनको विषयमा करिब करिब सहमति जुटेको बताए । उनले भने, ‘धेरै बुँदामा सहमति नजिक पुगेका छौँ । पार्टी र जनवर्गीय संगठनलाई पूर्ववत बनाएर क्रियाशिल बनाएर जाने सन्दर्भमा केही समयअघि नै सहमतिका पुगेका थियौँ । लामो समयको विवादलाई समाधानमा ल्याउनका लागि अनौपचारिक/औपचारिक प्रयत्न आवश्यक पर्दारहेछन् ।’

एमालेभित्रको विवादका समाधानका लागि सहमति उन्मुख भइसकेको भन्दै उनले भने, ‘आज कार्यदलको तेस्रो बैठकसम्म आइपुग्दा कुन–कुन मुद्दामा विवाद देखापरेको थियो । ती विवादमा समाधान खोज्ने कुरामा झण्डै झण्डै निष्कर्षमा पुगिरहेका छौँ । पार्टीलाई एकताबद्ध बनाउने विषयमा बैठक सकारात्मक भएको छ ।’

कार्यदलको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । कार्यदलमा सहमति जुटेपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालका बीचमा समेत भेटवार्ता हुने कार्यदल सदस्य समेत रहेका नेता सुवास नेम्वाङले जानकारी दिए । उनले भोलिको बैठक निर्णायक र अन्तिम हुने आशा रहेको भन्दै भने, ‘कार्यदलमा सहमति कायम भएपछि यसक्रममा आवश्यक पर्दा दुईजना नेताहरू भेट्नुहुन्छ । भोलिको बैठक अन्तिम हुनेमा म आशावादी छु ।’

कार्यदल बैठकमा जानुअघि नेता भीम रावलले वरिष्ठ नेता नेपालसँग भेट गरेका थिए । एमालेको विवाद समाधानका लागि गठन भएको तर निस्क्रिय रहेको कार्यदल गत सोमबार ब्युँतिएको थियो ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १ : ४५ बजे

उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको

पियोर इनर्जीले बोलायो साधारणसभा, लाभांश छैन 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले आठौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच

काठमाडौं– भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको

भारतीय दूतावासमा यसरी मनाइयो स्वतन्त्रता दिवस (तस्बिरहरू)

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइएको छ। नेपालमा रहेका

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि