मोदीले मन्त्रिपरिषद पुनर्गठन गर्नै लाग्दा राजीनामा दिँदै मन्त्रीहरू « Khabarhub

मोदीले मन्त्रिपरिषद पुनर्गठन गर्नै लाग्दा राजीनामा दिँदै मन्त्रीहरू


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केन्द्रीय मन्त्रिपरिषद पुनर्गठन गर्नै लाग्दा बहालवाला मन्त्रीहरुले राजीनामा दिन थालेका छन् ।

स्वास्थ्य मन्त्री हर्षवर्धन र शिक्षा मन्त्री रमेश पोखरियाल निशंकले आज राजीनामा दिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।

यसअघि श्रम मन्त्री सन्तोष गंगवारले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । प्रधानमन्त्री मोदीले आज साँझ केन्द्रीय मन्त्रिपरिषदमा ब्यापक फेरबल गर्दै छन् ।

आज साँझ नयाँ ४३ जना मन्त्रीले सपथ ग्रहण लिने कार्यक्रम तय भएको छ ।

मोदीको नयाँ मन्त्रिपरिषदमा १३ जना महिला अनुहार हुने भएका छन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम हुने जनाइएको छ । मन्त्रिपरिषदमा १८ पूर्वराज्य मन्त्री सहभागी हुने जनाइएको छ । जसमा चारजना पूर्वमुख्य मन्त्री सामेल हुनेछन् ।

मोदीले दोस्रो कार्यकालमा पहिलोपटक मन्त्रिपरिषदमा फेरबदल गर्न लागेका हुन् । आगामी विधानसभा र राज्यसभाको चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषद परिवर्तन गर्न लागेको बताइएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ३ : ४० बजे

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द– बैतडीमा २१ लाख रुपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल