नेप्सेमा गिरावट कायमै, साढे ४ अर्बको कारोबार « Khabarhub

नेप्सेमा गिरावट कायमै, साढे ४ अर्बको कारोबार


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेप्से सूचकमा गिरावट कायमै रहेको छ । बुधबार पनि नेप्से सूचक १६.९७ अंकले घटेर २ हजार ८०१.१३ विन्दुमा झरेको छ । यता सेन्सेटिभ सूचक पनि १.५० अंकले घटेको छ ।

असार मसान्त नजिकिदै गर्दा लगानीकर्ताले बजारमा खरिद चाप बढाउन सकेका छैनन् जसले गर्दा नेप्से सूचक निरन्तर घटिरहेको छ । अर्कोतर्फ मौद्रिक नीति आउने समय समेत नजिकिदै गर्दा केन्द्रिय बैंकले मौद्रिक नीतिमा कस्तो नीति ल्याउला भन्ने अन्योलका कारण बजारले गति लिन सकेको छैन ।

आज २२२ वटा कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँमा खरिदबिक्री भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने सामान्य बढेको छ ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ११ उपसमूहको सूचक नकारात्मक देखिएको छ । बुधबार हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको छ ।

बुधबार माथिल्लो तामाकोशीको शेयरमूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशतले घटेको छ भने युनाइटेड इदि मर्दी हाइड्रोपावरको ५.१९ प्रतिशत, राधी विद्युतको ३.७३ प्रतिशत, शिव श्री हाइड्रोपावरको ३.५५ प्रतिशत र घलेम्दी हाइड्रोको ३.२८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : १४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै