हैटीका राष्ट्रपतिको घरमै गोली हानी हत्या « Khabarhub

हैटीका राष्ट्रपतिको घरमै गोली हानी हत्या


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हैटीका राष्ट्रपतिको घरमै गोली हानी हत्या भएको छ।

फ्रान्सेली समाचार संस्था एएफपीले हैटीका अन्तरिम प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै राष्ट्रपति जोभेनल मोइसेको उनकै घरमा बुधबार अज्ञात हतियारधारीबाट गोली हानेर हत्या गरिएको जनाएको छ।

घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन्। ५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको ५८ औँ राष्ट्रपति बनेका थिए। देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि उनको राजीनामा माग हुँदै आएको थियो।

राजधानी लगायत र देशका अन्य शहरहरूमा पनि उनको राजीनामाको माग गर्दै व्यापक रूपमा विरोध प्रदर्शन हुँदै आएको थियो ।

हेइटीको राजनीतिक विपक्षीको भनाइमा राष्ट्रपति मोइजको पाँच वर्षे कार्यकाल ७ फेब्रअरी २०२१ मा नै समाप्त भैसकेको हो, जुन उनका पूर्ववर्ती मिशेल मार्टेलीले पद त्याग गरेको मिति देखि ठीक पाँच वर्ष पुगेको दिन हो।

तर मोइजले आफूले सोही मिति देखि नै सत्तारोहण नगरेकाले आफ्नाो कार्यकाल अझै एक वर्ष बाँकी रहेको बताउँदै आएका थिए।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : ४० बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै