हैटीका राष्ट्रपतिको घरमै गोली हानी हत्या « Khabarhub

हैटीका राष्ट्रपतिको घरमै गोली हानी हत्या


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हैटीका राष्ट्रपतिको घरमै गोली हानी हत्या भएको छ।

फ्रान्सेली समाचार संस्था एएफपीले हैटीका अन्तरिम प्रधानमन्त्रीको कार्यालयलाई उद्धृत गर्दै राष्ट्रपति जोभेनल मोइसेको उनकै घरमा बुधबार अज्ञात हतियारधारीबाट गोली हानेर हत्या गरिएको जनाएको छ।

घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन्। ५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको ५८ औँ राष्ट्रपति बनेका थिए। देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि उनको राजीनामा माग हुँदै आएको थियो।

राजधानी लगायत र देशका अन्य शहरहरूमा पनि उनको राजीनामाको माग गर्दै व्यापक रूपमा विरोध प्रदर्शन हुँदै आएको थियो ।

हेइटीको राजनीतिक विपक्षीको भनाइमा राष्ट्रपति मोइजको पाँच वर्षे कार्यकाल ७ फेब्रअरी २०२१ मा नै समाप्त भैसकेको हो, जुन उनका पूर्ववर्ती मिशेल मार्टेलीले पद त्याग गरेको मिति देखि ठीक पाँच वर्ष पुगेको दिन हो।

तर मोइजले आफूले सोही मिति देखि नै सत्तारोहण नगरेकाले आफ्नाो कार्यकाल अझै एक वर्ष बाँकी रहेको बताउँदै आएका थिए।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ४ : ४० बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन– भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौं– पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र