पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ संसारमै शीर्ष न्यायाधीश | Khabarhub Khabarhub

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ संसारमै शीर्ष न्यायाधीश


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ क्याम्ब्रिज विश्वविद्यालय प्रेसबाट संसारका माथिल्लो उचाइका न्यायाधीशको सूचीमा सूचीकृत भएका छन् ।

श्रेष्ठले सन् २००५ देखि २०१६ सम्म सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा सेवा गरेका थिए । यसअवधिमा उनी नौ महिना प्रधानन्यायाधीश रहेका थिए ।

श्रेष्ठले ११ वर्षको कार्यकाल नेपाली न्याय क्षेत्रको स्वर्णिम समय भएको क्याम्ब्रिज प्रेसले उल्लेख गरेको छ । क्याम्ब्रिज पब्लिकेसनको एक पुस्तकमा उल्लेख भए अनुसार श्रेष्ठको बिरासतलाई न्यायालयको प्रशासनिक सुधारको रूपमा चित्रण गरिएको छ ।

‘उनको कामको प्रभाव वर्णन गर्न त्यो कार्यकालमा नेपालको ऐतिहासिक र राजनीतिक संवेदनशीलतामा पनि ध्यान दिनुपर्छ,’ सन् २००५ देखि २०१६ सम्म उनले सर्वोच्च न्यायालयको बेन्चमा बिताएको ११ वर्षे कार्यकालकै बारे क्याम्ब्रिज पब्लिकेसनले उल्लेख गरेको छ, ‘त्यो समयको राजनीतिक गन्जागोल, संवैधानिक रूपान्तरण र नाटकीय राजनीतिक परिवर्तन सबै संवैधानिक मुद्दामा प्रभाव पार्ने घटना थिए ।’

यसका साथै श्रेष्ठ माथिल्लो उचाइको न्यायाधीश हुनुका अन्य कारक तत्वका बारे पनि उल्लेख गरिएको छ । उनमा ‘व्यक्तिगत स्वभाव, समय तथा संस्थागत र सांस्कृतिक अवस्थाको प्रभाव पनि परेको थियो’ भनिएको छ ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठाको व्यावसायिक दक्षता र इमानदारीबाट प्रभावित नेपाली सञ्चारमाध्यमले उनलाई स्वच्छ छविका दृढ व्यक्तित्वको संज्ञा दिँदै सम्मानजनक स्थान दिइरहे ।

पुस्तकमा उल्लेख भएअनुसार राजनीतिक परिवर्तनका कारण न्यायालयमा पर्न सक्ने प्रभाव ध्यानमा राख्दै न्यायालयको वैधतालाई दिएको प्राथमिकता नै श्रेष्ठ उचाइको न्यायाधीश घोषित हुनुको पहिलो कारण बनेको छ ।

लक्ष्य प्राप्तिका लागि तीन प्रस्ट रणनीति राखेका कुरा उनले खुला रूपले व्यक्त गरेका थिए । यसले श्रेष्ठको योगदानको अझ बढी प्रशंसा भएको थियो ।

पुस्तकमा उल्लेख भएअनुसार हरेक राजनीतिक सङ्कटमा न्यायालयको स्वतन्त्रता जोगाउन श्रेष्ठले सङ्घर्ष गरे । पहिलो संविधान सभाको विघटन र प्रधानसेनापति परिवर्तन लगायत घटना उनकै कार्यकालमा भएका थियो ।

यसैगरी, गरिब र सीमान्तकृतप्रतिको चासोले उनलाई राजनीतिक लाभभन्दा अन्तर्राष्ट्रिय कानूनलाई बढवा र सम्मान दिन प्रेरित गरेको थियो ।

श्रेष्ठका कार्यकालमा भएका थुप्रै निर्णय र फैसला हेर्ने हो भने सङ्क्रमणकालीन न्याय, लैङ्गिक समानता, वातावरण संरक्षण, गोपनीयताको हक र सन्तान उत्पादनको अधिकार लगायत अनेकौँ विषय महत्वपूर्ण मानिएका छन् । उनलाई आफ्नो कार्यकालमा ती थुप्रै विषयलाई स्थापित गरेको श्रेय पनि दिइएको छ ।

पुस्तकमा उल्लेख भएअनुसार कर्मचारीको क्षमता र संरचनात्मक रूपमा सर्वोच्च न्यायालयको क्षमता अभिवृद्धि गर्न श्रेष्ठले धेरै काम गरेका थिए ।

उनले आफ्नो कार्यकालमा पञ्चवर्षीय योजना बनाएर सरकारबाट बजेट उपलब्ध गराउँदै राष्ट्रिय न्यायिक प्रतिष्ठान (नेसनल जुडिसल एकेडेमी ) स्थापना गरेका थिए ।

पुस्तकमा श्रेष्ठको व्यक्तिगत पाटो र कार्यशैलीका बारे पनि उल्लेख गरिएको छ । ‘अन्य न्यायाधीशसँगको सम्बन्ध र न्यायिक कार्यसम्पादनको तरिका हेर्ने हो भने धेरै मुद्दामा उनी एक्लै रहे या बेन्चका अन्य न्यायाधीशसँग मत बाझियो,’ पुस्तकका उल्लेख गरिएको छ ।

श्रेष्ठले निर्णय आफैँ लेख्ने बानी विकास गरेका थिए । पुस्तकमा उल्लेख भएअनुसार यसले अन्य न्यायाधीशलाई उनको निर्णयमा सहमति जनाएर हस्ताक्षर गर्न सहज बनाएको थियो ।

पुस्तकमा लेखिएअनुसार श्रेष्ठले संविधान लेखनको क्रममा भिन्न संवैधानिक अदालत बनाउने प्रस्तावको विरुद्धमा उभिएर न्यायिक स्वतन्त्रता जोगाउन दृढतापूर्वक संघर्ष गरेका थिए । त्यसपछि सर्वोच्च अदालतमै संवैधानिक बेन्च निर्माण गर्ने सहमति भएको थियो ।

उनी ६५ वर्षको उमेरहदका कारण २०७२ साल चैत ३० गते सेवा निवृत्त भएका थिए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ६ : ४० बजे

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु, आमा घाइते

ताप्लेजुङ– ताप्लेजुङमा फड्के तर्ने क्रममा आज खोलामा खसेर एक बालिकाको

एक वर्षमा १४ प्रतिशतले बढ्यो बिमा व्यवसाय, ४८ प्रतिशत जनसङ्‍ख्या बिमाको दायरामा

काठमाडौं– अघिल्लो आर्थिक वर्ष (आव) ०८०/८१ को तुलनामा गत आव

युवा पुस्तालाई धार्मिक बनाउन ‘क्रान्तिकारी भजन’

काठमाडौं– देउडा गायक सुरेश शाहीले नयाँ पुस्तालाई धार्मिक बनाउने सन्देश

साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु

काठमाडौं– श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकिकरण

‍प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ ल्याउने 

काठमाडौं– प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन