धानको ब्याडमा पानी लगाउने विषयमा विवाद हुँदा एक जनाको हत्या | Khabarhub Khabarhub

धानको ब्याडमा पानी लगाउने विषयमा विवाद हुँदा एक जनाको हत्या


२३ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– धानको ब्याडमा पानी लगाउने विषयमा विवाद हुँदा पाँचथरमा एक जनाको हत्या भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ कुमालेटोलका वृद्धको हत्या भएको प्रहरीले जनाएको हो ।

अनुसन्धानका क्रममा फिदिम नगरपालिका–२ पल्लोटारमा ५९ वर्षीय जीवनारायण श्रेष्ठलाई उक्त घटनामा संलग्न देखिएको आरोपमा प्रहरीले आज पक्राउ गरेपछि घटनाको कारण पत्ता लागेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माका अनुसार फिदिम–४ कुमालेटोलका ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बू र श्रेष्ठवीच जग्गाको साँधका विषयमा विवाद चल्दै आएको थियो ।

इङ्वाको हत्या भएको दिन गत जेठ २९ गते दिउँसोसमेत इङ्वा र श्रेष्ठबीच धानको ब्याड राख्न पानी लगाउने विषयमा झगडा भएको थियो । आवेशमा आई श्रेष्ठले इङ्वाको घरमै गई धारिलो हतियारले अनुहार तथा फलामको पाइपले टाउकोमा प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

इङ्वाको घरमा उनी र उनकी ८४ वर्षीय पक्षघात पीडित श्रीमती मात्रै बस्दै आएका थिए । अनुसन्धानकै क्रममा हत्याको घटनामा श्रेष्ठले लगाएका कपडा, हत्यामा प्रयोग भएको बामफोक र पाइप फेला परेपछि श्रेष्ठले उक्त घटना घटाएको निष्कर्षमा पुगेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । हत्यामा संलग्न श्रेष्ठ सडक विभागअन्तर्गतको यान्त्रिक कार्यालय फिदिममा सुरक्षा गार्डका रुपमा समेत काम गर्दै आएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान तथा कानूनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ०१ बजे

जब डाइलासिस गर्दै गरेका बिरामीमाथि ढुंगामुढा हुन थाल्यो…

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन–जीको आन्दोलनमा संसद् भवन,

नवनियुक्त उद्योगमन्त्री अनिलकुमार सिन्हाद्वारा पदभार ग्रहण

काठमाडौं– नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय

असोजको अन्तिम साता मात्रै काठमाडौंमा मेलम्चीको पानी आउने

तकाठमाडौं– काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको

दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा यस्तो बन्यो वरीयताक्रम

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्।

शिक्षामन्त्री पुनको जवाफ : किताब बेच्दा बेच्दै मन्त्री भएँ, योजना के छन् भनेर नसोध्नू

काठमाडौँ- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमै