टोकियो ओलम्पिक : शनिबार बिहानै केन्याको सुखद शुरूवात   « Khabarhub

टोकियो ओलम्पिक : शनिबार बिहानै केन्याको सुखद शुरूवात  


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकमा शनिबार बिहान भएको महिला म्याराथन दौडमा केन्याका पेरेस जासे पेचौरले सफलता पाइन् ।

दोस्रो स्थानमा केन्याकै ब्रीड कोसेगाई रहिन् भने अमेरिकी मोली साइडेलले तेस्रो स्थानमा । एथ्लेटिक्समा साँझको सत्रमा महिला हाई जम्प, महिला १० हजार मिटर दौड, पुरुष ज्याभलिन थ्रो, पुरुष १५ सय  मिटर दौड तथा महिला र पुरुषका ४ गुणा ४ सय मिटर दौड हुनेछन् ।

बेसबलमा अमेरिका र जापानका बीच फाइनल खेल हुनेछ । बास्केटबल अमेरिका र फ्रान्सका बीचमा बिहानको सत्रमै हुन्छ । प्रतियोगिताको पहिलो खलमै फ्रान्ससँग हारेको अमेरिका बिस्तारै लयमा फर्कंदै फाइनलमा प्रवेश गरेको हो ।

तस्वीर : रोयटर्स

पुरुष बिच भलिबलमा रुसी ओलम्पिक कमिटी र नर्वेको जोडी फाइनलमा भिड्ने छन् । बक्सिङको महिला वेल्टरवेटमा टर्कीकी सुरमानेली बुसेनाज र चीनकी गु होङको बिचमा प्रतिस्पर्धा हुनेछ

महिला क्यानोइ डबल ५ सय मिटर, पुरुष क्यानोइ एकल हजार मिटर, महिला कायाक फोर ५ सय मिटर र पुरुष कायाक फोर ५ सय मिटरको खेल हुनेछ ।

साइक्लिङमा पुरुष म्याडिसनको फाइनल हुने छ । डाइभिङमा पुरुष १० मिटर प्लेटफर्मको खेल हुनेछ । इक्वेस्ट्रियनमा जम्पिङको टिम फाइनल हुनेछ ।

पुरुष फुटबलमा ब्राजिल र स्पेनका बिचमा फाइनल खेल हुनेछ । शनिबार नै महिला गल्फको पदकको टुङ्गो लाग्नेछ । ह्यान्डबलको पुरुष स्पर्धामा फ्रान्स र डेनमार्कको खेल हुनेछ ।

कराँतेमा महिलाको ६१ किलोमाथि र पुरुषको ७५ किलोमाथिको खेल हुनेछ । मोर्डन पेन्टाथलनको पुरुषतर्फको पदकको टुङ्गो पनि शनिवार नै लाग्नेछ ।

रिदमिक जिम्न्यास्टिकको पदकको टुङ्गो शनिबार लाग्नेछ  भलिबलको पुरुष स्पर्धामा फ्रान्स र रुसी ओलम्पिक कमिटीका बिचमा खेल हुनेछ । वाटर पोलाको महिला स्पर्धामा अमेरिका  र  स्पेनका बिचमा उपाधि भिडन्त हुनेछ ।

कुस्तीमा पुरुष ६५ किलो तौल समूहमा जापानका ओकुगोरु टाकुटो र अजरबैजानका हाइजी अलायाभ उपाधिका लागि भिड्नेछन् ।

पुरुष ९७ किलो तौल समूहमा अमेरिकाका फेड्रिक सान्डेयर र रुस ओलम्पिक कमिटीका सादुलेभ अब्दुतरसित बिच फाइनल खेल हुनेछ । महिला ५० किलोमा चीनकी सुन यानन र जापानकी युइ सुसाकाइ भिड्नेछन् । –एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : २५ बजे

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

भोजपुर– विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग