टोकियो ओलम्पिक : शनिबार बिहानै केन्याको सुखद शुरूवात   « Khabarhub

टोकियो ओलम्पिक : शनिबार बिहानै केन्याको सुखद शुरूवात  


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकमा शनिबार बिहान भएको महिला म्याराथन दौडमा केन्याका पेरेस जासे पेचौरले सफलता पाइन् ।

दोस्रो स्थानमा केन्याकै ब्रीड कोसेगाई रहिन् भने अमेरिकी मोली साइडेलले तेस्रो स्थानमा । एथ्लेटिक्समा साँझको सत्रमा महिला हाई जम्प, महिला १० हजार मिटर दौड, पुरुष ज्याभलिन थ्रो, पुरुष १५ सय  मिटर दौड तथा महिला र पुरुषका ४ गुणा ४ सय मिटर दौड हुनेछन् ।

बेसबलमा अमेरिका र जापानका बीच फाइनल खेल हुनेछ । बास्केटबल अमेरिका र फ्रान्सका बीचमा बिहानको सत्रमै हुन्छ । प्रतियोगिताको पहिलो खलमै फ्रान्ससँग हारेको अमेरिका बिस्तारै लयमा फर्कंदै फाइनलमा प्रवेश गरेको हो ।

तस्वीर : रोयटर्स

पुरुष बिच भलिबलमा रुसी ओलम्पिक कमिटी र नर्वेको जोडी फाइनलमा भिड्ने छन् । बक्सिङको महिला वेल्टरवेटमा टर्कीकी सुरमानेली बुसेनाज र चीनकी गु होङको बिचमा प्रतिस्पर्धा हुनेछ

महिला क्यानोइ डबल ५ सय मिटर, पुरुष क्यानोइ एकल हजार मिटर, महिला कायाक फोर ५ सय मिटर र पुरुष कायाक फोर ५ सय मिटरको खेल हुनेछ ।

साइक्लिङमा पुरुष म्याडिसनको फाइनल हुने छ । डाइभिङमा पुरुष १० मिटर प्लेटफर्मको खेल हुनेछ । इक्वेस्ट्रियनमा जम्पिङको टिम फाइनल हुनेछ ।

पुरुष फुटबलमा ब्राजिल र स्पेनका बिचमा फाइनल खेल हुनेछ । शनिबार नै महिला गल्फको पदकको टुङ्गो लाग्नेछ । ह्यान्डबलको पुरुष स्पर्धामा फ्रान्स र डेनमार्कको खेल हुनेछ ।

कराँतेमा महिलाको ६१ किलोमाथि र पुरुषको ७५ किलोमाथिको खेल हुनेछ । मोर्डन पेन्टाथलनको पुरुषतर्फको पदकको टुङ्गो पनि शनिवार नै लाग्नेछ ।

रिदमिक जिम्न्यास्टिकको पदकको टुङ्गो शनिबार लाग्नेछ  भलिबलको पुरुष स्पर्धामा फ्रान्स र रुसी ओलम्पिक कमिटीका बिचमा खेल हुनेछ । वाटर पोलाको महिला स्पर्धामा अमेरिका  र  स्पेनका बिचमा उपाधि भिडन्त हुनेछ ।

कुस्तीमा पुरुष ६५ किलो तौल समूहमा जापानका ओकुगोरु टाकुटो र अजरबैजानका हाइजी अलायाभ उपाधिका लागि भिड्नेछन् ।

पुरुष ९७ किलो तौल समूहमा अमेरिकाका फेड्रिक सान्डेयर र रुस ओलम्पिक कमिटीका सादुलेभ अब्दुतरसित बिच फाइनल खेल हुनेछ । महिला ५० किलोमा चीनकी सुन यानन र जापानकी युइ सुसाकाइ भिड्नेछन् । –एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : २५ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट