‘मुक्तिनाथ सम्बृद्धि बचत खाता – उच्चतम ब्याजदर, मासिक ब्याज भुक्तानी’ « Khabarhub

‘मुक्तिनाथ सम्बृद्धि बचत खाता – उच्चतम ब्याजदर, मासिक ब्याज भुक्तानी’


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ भन्ने  नाराका साथ अघि बढेको मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ सम्बृद्धि बचत खाता सञ्चालनमा ल्याएको छ ।

ग्राहकको निरन्तर हितका लागि विभिन्न योजना ल्याएको बैंकले साउन महिनामा सबैभन्दा उच्चतम वार्षिक ब्याजदर दिने समेत घोषणा गरेको छ । मासिक रुपमा समेत सोही ब्याज भुक्तानी गर्ने बैंकका बजारीकरण प्रबर्द्धन तथा संस्थागत मामिला विभाग प्रमुख बसन्त बक्सीले जानकारी दिए ।

यसै सन्दर्भमा बक्सीसँग यस योजनाबारे गरिएको थप कुराकानीको केही अंश यहा प्रस्तुत गरिएको छ –

मुक्तिनाथ बैंकले ल्याएको सम्बृद्धि बचत खाताको मूख्य आकर्षण के हो  ?

सर्वप्रथम कोरोना भाइरस माहामारीको समयमा नेपालका अन्य बैंकको जस्तै पीडा हामीले पनि भोग्नु पर्‍यो । यद्यपि यस्तो संक्रमणकालीन अवस्थामा हामीले हाम्रा ग्राहक महानुभावहरुलाई सकेसम्म उच्चतम प्रतिफल दिने बचत खाताको सुविधा ल्याएका छौँ ।

यस मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाताले ५.२५% को वार्षिक ब्याजदर प्रदान गरीरहेको छ, जुन अन्य बैंकहरुको उच्च ब्याजसँग बराबरको प्रतिफल हो ।  तर, यस बचत खाताको मूख्य विशेषता वा आकर्षण भनेको चाँहि बैंकले मासिक रुपमा ब्याज भुक्तानी गरिदिने सुविधा नै हो ।

अन्य बचत खाताहरुमा अहिले दैनिक रुपमा ब्याज गणना र त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरेको छ, तर यस सम्बृद्धि बचत खातामा दैनिकमा ब्याज गणना र मासिक रुपमा ब्याज भुक्तानी हुने गरेको छ । मुद्दती खाता नखोलिकन पनि ब्याज मासिक रुपमै आफ्नै बचत खातामा राखेको मौजदातमा आउने हुँदा ग्राहकहरुले आफूले चाहे अनुसार रकम  झिक्ने, राख्न सक्ने छन् ।

आकर्षक ब्याजदर र मासिक ब्याज भुक्तानी हुँदैमा सम्बृद्धि बचत खातामा सबैभन्दा राम्रो बचत खाता भन्न सकिन्छ र ?

मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाताको विभिन्न विशेषताहरु रहेका छन् । यो बचत खाता खोल्न मात्र रु.१०० को न्यूनतम मौजदात राखे पुग्छ र खाता खोलेको पहिलो वर्ष खातावाहकहरुलाई निशूल्क मोबाइल बैंकिङ्ग र निशूल्क इन्टरनेट बैंकिङ्गको सुविधा समेत रहेको छ ।

रु १०० मा नै सम्बृद्धि बचत खाता खोल्ने ग्राहकहरुले मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गको चलाउन लाग्ने पहिलो वर्षको खर्च पनि तिर्नु पर्ने छैन । विशेष गरी बैंकले डिजिटल प्रणालीलाई प्रोत्साहन गर्नका लागि यो सुविधा यस बचत खातामा ल्याएको हो । यसरी निशूल्क डिजिटल बैंकिङ्गको सुविधा सँगै सर्व सुलभ मौज्दातमै खाता खोल्ने सुविधा लिन सकिने कारण, यो सम्बृद्धि बचत खाता मुक्तिनाथ बैंकको एउटा राम्रै बचत खाताहरुमध्ये पर्दछ ।

मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता ठूला निक्षेपकर्ताहरुका लागि मात्र कि सर्वसाधरण निक्षेपकर्ताका लागि पनि हो ?

मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता व्यक्तिगत बचतको लागि हुनाले यो खाता नाबालक देखि लिएर १८ वर्षभन्दा बढी उमेर भएका नेपाली नागरीकहरुले खोल्न सक्नुहुनेछ । यो खाता सजिलै मुक्तिनाथ बैंकको बेबसाइटबाट आवेदन पनि दिन सकिन्छ ।

सम्बृद्धि बचत खातामा भएको सुविधा ल्याउनु पछिको कारण के हो ?

मुक्तिनाथ बैंक सँधै नै आफूनो ग्राहकको हित हूने सुविधा र सेवाको निर्माण कार्यमा लागि परेको छ । बैंकले ग्राहक महानुभावहरुको सल्लाह र सुझावलाई ध्यानमा राखेर र अहिलेको कोरोना भाइरस महाकारीको जटिल अवस्थामा सिकिएको बचतको महत्व हेर्दै ग्राहक वर्गको बचतको उच्चतम प्रतिफल सँगै बचत गर्ने बानीको विकास गर्न, हामीले यो बचत खाता ल्याएका हौं । साथै, बैंकले डिजिटल प्रणालीलाई प्रोत्साहन गर्न निशूल्क मोबाइल बैंकिङ्ग र निशूल्क इन्टरनेट बैंकिङ्ग पनि यसै बचत खातामा ल्याएको छ ।

हाल व्यक्तिगत मुद्दतीमा कति प्रतिशत ब्याज प्रदान गरिरहनु भएको छ ?

यस मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई सकेसम्म उच्चतम प्रतिफल दिने प्रयास गर्दै आएको छ । आगामी दिनमा पनि ग्राहकको बचत सुरक्षा र सेवामा झनै जिम्मेवारीका साथ लागि रहने हामी प्रण गर्छौं । जहाँसम्म मुद्दती खाताको ब्याज दरको कुरा गर्नुभयो यसमा पनि हामीले ग्राहकलाई उच्चतम ब्याज दिंदै आएका छौं । अहिले हामीले व्यक्तिगत मुद्दतीमा अधिकत्तम ८.२५ % सम्म ब्याज प्रदान गरिरहेका छौँ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : ५५ बजे

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

सिद्धार्थनगर – जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय

आयोगले भन्यो- सुरक्षाको भरपर्दो प्रबन्ध गरेका छौँ, ढुक्कसँग मतदान गर्नुस्

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

नाग्म–गमगढी सडक कालोपत्र गर्न ठेक्का आह्वान

जुम्ला– राराताल जाने नाग्म–गमगढी सडकको कालोपत्र गर्ने ठेक्का आह्वान गरिएको