‘मुक्तिनाथ सम्बृद्धि बचत खाता - उच्चतम ब्याजदर, मासिक ब्याज भुक्तानी’ | Khabarhub Khabarhub

‘मुक्तिनाथ सम्बृद्धि बचत खाता – उच्चतम ब्याजदर, मासिक ब्याज भुक्तानी’


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ भन्ने  नाराका साथ अघि बढेको मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ सम्बृद्धि बचत खाता सञ्चालनमा ल्याएको छ ।

ग्राहकको निरन्तर हितका लागि विभिन्न योजना ल्याएको बैंकले साउन महिनामा सबैभन्दा उच्चतम वार्षिक ब्याजदर दिने समेत घोषणा गरेको छ । मासिक रुपमा समेत सोही ब्याज भुक्तानी गर्ने बैंकका बजारीकरण प्रबर्द्धन तथा संस्थागत मामिला विभाग प्रमुख बसन्त बक्सीले जानकारी दिए ।

यसै सन्दर्भमा बक्सीसँग यस योजनाबारे गरिएको थप कुराकानीको केही अंश यहा प्रस्तुत गरिएको छ –

मुक्तिनाथ बैंकले ल्याएको सम्बृद्धि बचत खाताको मूख्य आकर्षण के हो  ?

सर्वप्रथम कोरोना भाइरस माहामारीको समयमा नेपालका अन्य बैंकको जस्तै पीडा हामीले पनि भोग्नु पर्‍यो । यद्यपि यस्तो संक्रमणकालीन अवस्थामा हामीले हाम्रा ग्राहक महानुभावहरुलाई सकेसम्म उच्चतम प्रतिफल दिने बचत खाताको सुविधा ल्याएका छौँ ।

यस मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाताले ५.२५% को वार्षिक ब्याजदर प्रदान गरीरहेको छ, जुन अन्य बैंकहरुको उच्च ब्याजसँग बराबरको प्रतिफल हो ।  तर, यस बचत खाताको मूख्य विशेषता वा आकर्षण भनेको चाँहि बैंकले मासिक रुपमा ब्याज भुक्तानी गरिदिने सुविधा नै हो ।

अन्य बचत खाताहरुमा अहिले दैनिक रुपमा ब्याज गणना र त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरेको छ, तर यस सम्बृद्धि बचत खातामा दैनिकमा ब्याज गणना र मासिक रुपमा ब्याज भुक्तानी हुने गरेको छ । मुद्दती खाता नखोलिकन पनि ब्याज मासिक रुपमै आफ्नै बचत खातामा राखेको मौजदातमा आउने हुँदा ग्राहकहरुले आफूले चाहे अनुसार रकम  झिक्ने, राख्न सक्ने छन् ।

आकर्षक ब्याजदर र मासिक ब्याज भुक्तानी हुँदैमा सम्बृद्धि बचत खातामा सबैभन्दा राम्रो बचत खाता भन्न सकिन्छ र ?

मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाताको विभिन्न विशेषताहरु रहेका छन् । यो बचत खाता खोल्न मात्र रु.१०० को न्यूनतम मौजदात राखे पुग्छ र खाता खोलेको पहिलो वर्ष खातावाहकहरुलाई निशूल्क मोबाइल बैंकिङ्ग र निशूल्क इन्टरनेट बैंकिङ्गको सुविधा समेत रहेको छ ।

रु १०० मा नै सम्बृद्धि बचत खाता खोल्ने ग्राहकहरुले मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गको चलाउन लाग्ने पहिलो वर्षको खर्च पनि तिर्नु पर्ने छैन । विशेष गरी बैंकले डिजिटल प्रणालीलाई प्रोत्साहन गर्नका लागि यो सुविधा यस बचत खातामा ल्याएको हो । यसरी निशूल्क डिजिटल बैंकिङ्गको सुविधा सँगै सर्व सुलभ मौज्दातमै खाता खोल्ने सुविधा लिन सकिने कारण, यो सम्बृद्धि बचत खाता मुक्तिनाथ बैंकको एउटा राम्रै बचत खाताहरुमध्ये पर्दछ ।

मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता ठूला निक्षेपकर्ताहरुका लागि मात्र कि सर्वसाधरण निक्षेपकर्ताका लागि पनि हो ?

मुक्तिनाथ बैंकको सम्बृद्धि बचत खाता व्यक्तिगत बचतको लागि हुनाले यो खाता नाबालक देखि लिएर १८ वर्षभन्दा बढी उमेर भएका नेपाली नागरीकहरुले खोल्न सक्नुहुनेछ । यो खाता सजिलै मुक्तिनाथ बैंकको बेबसाइटबाट आवेदन पनि दिन सकिन्छ ।

सम्बृद्धि बचत खातामा भएको सुविधा ल्याउनु पछिको कारण के हो ?

मुक्तिनाथ बैंक सँधै नै आफूनो ग्राहकको हित हूने सुविधा र सेवाको निर्माण कार्यमा लागि परेको छ । बैंकले ग्राहक महानुभावहरुको सल्लाह र सुझावलाई ध्यानमा राखेर र अहिलेको कोरोना भाइरस महाकारीको जटिल अवस्थामा सिकिएको बचतको महत्व हेर्दै ग्राहक वर्गको बचतको उच्चतम प्रतिफल सँगै बचत गर्ने बानीको विकास गर्न, हामीले यो बचत खाता ल्याएका हौं । साथै, बैंकले डिजिटल प्रणालीलाई प्रोत्साहन गर्न निशूल्क मोबाइल बैंकिङ्ग र निशूल्क इन्टरनेट बैंकिङ्ग पनि यसै बचत खातामा ल्याएको छ ।

हाल व्यक्तिगत मुद्दतीमा कति प्रतिशत ब्याज प्रदान गरिरहनु भएको छ ?

यस मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई सकेसम्म उच्चतम प्रतिफल दिने प्रयास गर्दै आएको छ । आगामी दिनमा पनि ग्राहकको बचत सुरक्षा र सेवामा झनै जिम्मेवारीका साथ लागि रहने हामी प्रण गर्छौं । जहाँसम्म मुद्दती खाताको ब्याज दरको कुरा गर्नुभयो यसमा पनि हामीले ग्राहकलाई उच्चतम ब्याज दिंदै आएका छौं । अहिले हामीले व्यक्तिगत मुद्दतीमा अधिकत्तम ८.२५ % सम्म ब्याज प्रदान गरिरहेका छौँ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ९ : ५५ बजे

सरकारसँग वार्तामा बस्न तयार भए प्रसाईँ, सीडीओमार्फत गृहमन्त्रीलाई पठाए पत्र

काठमाडौँ– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक

बार्सिलोनाविरुद्ध पहिलो हाफमा रियल म्याड्रिडको अग्रता

काठमाडौं – स्पेनको चर्चित ‘एल क्लासिको’मा रियल म्याड्रिडले पहिलो हाफ

दुर्गम क्षेत्रमा सञ्चारको पहुँच पुर्‍याउन सञ्चारमन्त्रीसमक्ष अनुरोध

काठमाडौं – हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पु¥याउनका

पाँच वर्षपछि भारत र चीनबीच उडान सुरु

काठमाडौं- विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका छिमेकी देशहरू भारत

सुखीपुर नगरपालिका–६ का वडाध्यक्ष रामेश्वर साहको निधन

सिरहा – सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन