‘डिएसपी हुँ’ भन्दै सुनका बाला लुटेको अभियोगमा एक जना पक्राउ « Khabarhub

‘डिएसपी हुँ’ भन्दै सुनका बाला लुटेको अभियोगमा एक जना पक्राउ


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आफूलाई नेपाल प्रहरीको डिएसपी बताउँदै विदेशबाट फर्किनेहरूको साथबाट सुनका बाला लुटेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारापण–४ बस्ने ३५ वर्षीय सीताराम गुरुङ छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार विदेशबाट सुन बोकेर आउनेहरुलाई गुरुङले आफ्नो सहयोगीमार्फत पिछा गर्न लगाउँथे र उनीहरु चढ्ने ट्याक्सी बीच बाटोमा रोकेर ‘डिएसपी हुँ’ भनेर चेकजाँच गर्ने सुन लुटेर भाग्ने गरेका थिए ।

गुरुङको समूहले ६ ठाउँमा त्यसरी सुनका बाला लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले उनिमाथी थप अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १२ : १२ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै