एसईई नतिजा आज प्रकाशित हुँदै « Khabarhub

एसईई नतिजा आज प्रकाशित हुँदै


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार (आज) सार्वजनिक गर्ने भएको छ ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ । त्यसैगरी नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने ब्यवस्था गरेको बोर्डले जनाएको छ ।

२०७७ को एसईई परीक्षाको लागि लागि ५ लाख १७ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । कोरोना महामारीका कारण परीक्षा हुन नसकेका कारण यस वर्षपनि विद्यालयले गरेको आन्तकिर मुल्यांकनलाई सम्बन्धित जिल्ला शिक्षा विकास समन्वय एकाइले गरेको प्रमानीकरणका आधारमा परीक्षाफल प्रकाशन गर्न लागिएको छ ।

परीक्षार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com, www.ricell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  १२ : ५८ बजे

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन