बढ्न थाले स्क्रबटाइफसका बिरामी « Khabarhub

बढ्न थाले स्क्रबटाइफसका बिरामी


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दार्चुला– जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् । यही साउन दोस्रो सातादेखि हालसम्म आठ जनामा त्यस्ता बिरामी देखिएको जिल्ला अस्पतालले जनाएको छ ।

अस्पताल अनुसार तीन स्थानीय तहका छ महिला र दुई पुरुषमा स्क्रबटाइफसको लक्षण देखिएको छ । मालिकार्जुन र व्यास गाउँपालिकामा एक एक र महाकाली नगरपालिकाका छ मा रोगको लक्षण देखिएको सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिए । उपचारका लागि पुगेका व्यक्तिको आरडिटी जाँच गर्दा स्क्रबटाइफसको लक्षण देखिएको उनले बताए । गत वर्षमा जिल्लाभरि ३४ जनामा स्क्रबटाइफस देखिएको थियो ।

चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । गत वर्ष देखिएकामध्ये २५ महिला थिए ।

महिला पशुचौपायको प्रत्यक्ष सम्पर्कमा रहने र ओसिलो ठाउँमा महिला घाँस तथा स्याउला सोत्तर गर्ने भएका कारण पुरुषभन्दा बढी महिला स्क्रबटाइफसको जोखिममा रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ३ : ०१ बजे

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा

अवरुद्ध बेनी-जोमसोम सडक एकतर्फी सञ्चालनमा

मुस्ताङ- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम

माउन्ट फुजीमा सात वर्षीय छोरालाई एक्लै छाडेपछि बुबाले मागे माफी

टोकियो- जापानमा एक बुबाले माउन्ट फुजी आरोहणका क्रममा आफ्ना सात वर्षीय

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशको विद्युत्

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय