कक्षा १२ को परीक्षा स्थगित « Khabarhub

कक्षा १२ को परीक्षा स्थगित


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो वर्षको कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

आजको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

परीक्षा स्थगित भएपनि फेरि कार्यविधि बनाएर भौतिक रुपमै परीक्षा लिइने बोर्डले बताएको छ ।

अब परीक्षा गराउँदा १५ दिन अघि सूचना प्रकाशन गरी परीक्षार्थीलाई जानकारी गराइने बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा आगामी साउन ३१ गतेदेखि सञ्चालन कार्यतालिका सार्वजनिक भएको थियो । शुक्रबारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएर पछिल्लो अवस्थालाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्न सुझाव दिएको थियो ।

यस अघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १०० दिनको कार्ययोजना सार्वजनिक गर्दै कोरोना संक्रमितको संख्या बढ्दै गएकाले आगामी दिनमा हुने परीक्षा स्थगित हुन सक्ने संकेत गरेका थिए ।

कोरोनाको जोखिम बढेसँगै परीक्षा स्थगित गर्न परीक्षार्थीका अभिभावकहरुले पनि आग्रह गर्दै आएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ३ : ०६ बजे

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को

काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला

म्याद गुज्रिएको पशुदाना बिक्री गर्ने किराना पसललाई दुई लाख जरिवाना

झापा– दास किराना पसललाई दुई लाख जरिवाना गरिएको छ ।

श्रीमतीको खुर्पा प्रहार गरी हत्या, श्रीमान् पक्राउ

काठमाडौं– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनय त्रिवेणी गाउँपालिकामा श्रीमान्ले खुर्पा