डेढ वर्षीया स्मृति सुनारको उपचार गर्न आर्थिक सहयोग प्रदान | Khabarhub Khabarhub

डेढ वर्षीया स्मृति सुनारको उपचार गर्न आर्थिक सहयोग प्रदान


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– समाजसेवी सुवोधप्रसाद प्रधानले डेढ वर्षीया स्मृति सुनारको स्वास्थ्योपचारका लागि रु ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।

मिर्गौलामा समस्या भई कान्ति बाल अस्पतालमा उपचाररत बालिकाको अभिभावक काठमाडौँ महानगरपालिका –१३ टङ्केश्वर निवासी धने र गीतालाई समाजसेवी प्रधानले उक्त रकम प्रदान गरेका हुन् ।

अहिले उपचारका क्रममा रहेकी बालिकाको मिर्गौलाको शल्यक्रिया गर्नुपर्ने देखिए पनि आर्थिक अभावले समस्या भएपछि समाजसेवी प्रधान नेतृत्वको टोलीको पहलमा सहयोग जुटाइएको थियो ।

उक्त टोलीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा समन्वय गरी हालै सिन्धुपाल्चोकमा बाढी पहिराबाट समस्यामा परेका पीडितलाई राहतका साथै करिब रु पाँच लाख बराबरको सहयोग गरेको थियो ।

कोभिड–१९ का कारण समस्यामा परेका विपन्न वर्गलाई विभिन्न खाद्य सामग्रीसहितको राहत उपलब्ध गराइँदै आएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : ४५ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न