डेढ वर्षीया स्मृति सुनारको उपचार गर्न आर्थिक सहयोग प्रदान « Khabarhub

डेढ वर्षीया स्मृति सुनारको उपचार गर्न आर्थिक सहयोग प्रदान


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– समाजसेवी सुवोधप्रसाद प्रधानले डेढ वर्षीया स्मृति सुनारको स्वास्थ्योपचारका लागि रु ५० हजार आर्थिक सहयोग प्रदान गरेका छन् ।

मिर्गौलामा समस्या भई कान्ति बाल अस्पतालमा उपचाररत बालिकाको अभिभावक काठमाडौँ महानगरपालिका –१३ टङ्केश्वर निवासी धने र गीतालाई समाजसेवी प्रधानले उक्त रकम प्रदान गरेका हुन् ।

अहिले उपचारका क्रममा रहेकी बालिकाको मिर्गौलाको शल्यक्रिया गर्नुपर्ने देखिए पनि आर्थिक अभावले समस्या भएपछि समाजसेवी प्रधान नेतृत्वको टोलीको पहलमा सहयोग जुटाइएको थियो ।

उक्त टोलीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा समन्वय गरी हालै सिन्धुपाल्चोकमा बाढी पहिराबाट समस्यामा परेका पीडितलाई राहतका साथै करिब रु पाँच लाख बराबरको सहयोग गरेको थियो ।

कोभिड–१९ का कारण समस्यामा परेका विपन्न वर्गलाई विभिन्न खाद्य सामग्रीसहितको राहत उपलब्ध गराइँदै आएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ८ : ४५ बजे

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत