बगर बिच्छ्याएर राजमार्ग टालटुल गर्दै चिनियाँ कम्पनी (फोटोफिचर) | Khabarhub Khabarhub

बगर बिच्छ्याएर राजमार्ग टालटुल गर्दै चिनियाँ कम्पनी (फोटोफिचर)



नवलपुर– पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्ड वर्षाले जीर्ण बनेको छ । वर्षाले राजमार्गको बर्दघाटदेखि गैंडाकोटसम्मको बाटो नराम्रोसँग बिगारेको छ ।

वर्षाले दाउन्नेको १४ किलोमिटर क्षेत्र, दुम्किबास, अरुणखोला, चोरमारा, प्रगतिनगर, गैंडाकोटको थुम्सी लगायतका मुख्य बजार क्षेत्र बगरमा परिणत भएको छ ।

गैंडाकोटदेखि दुम्किबासम्म नै राजमार्गका सैंयौं ठाउँ ठाउँमा सानाठूला खाल्डाहरु छन् । खासगरी नारायणघाट बुटवल खण्डको ११३ किलोमिटर सडक स्तरउन्नतिको ठेक्का पाएको चिनियाँ कम्पनी ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन’ ले सडकको दायाँबायाँ माटो थुपारेका कारण वर्षाको भेल थुनिएर राजमार्गमा बढी असर पुगेको छ ।

निर्माण अवधिभर ठेकेदार कम्पनीले सडक मर्मत सम्भार गर्नुपर्ने भएकाले ढुंगासहितको सुख्खा बगर बिच्छ्याएर झनै बढी दुर्घटनाको जोखिम बढाएको छ । निर्माण अवधिभर निर्माण कम्पनीले सडक मर्मत सम्भार गर्नुपर्ने भएकाले सोहीअनुसारको निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको भनाइ छ ।

सडकका खाल्डाखुल्डीहरुमा बगर हाल्ने टालटुले कामले ढुंगा उछिटिएर झनै बढी जोखिम हुने गरेको राजमार्ग आसपासका बासिन्दाहरुले गुनासो गरेका छन् । निषेधाज्ञाको समयमा समेत सवारीको चाप हुने यो राजमार्गमा बगर बिछ्याउँदा मोटरसाइकल चालकहरुलाई खढी जोखिम हुने गरेको छ ।

आफू सधैं नै मोटरसाइकलमा यहि बाटो हिँड्नुपर्ने भएकाले कतिबेला ढुंगा उछिटिएर लाग्ने हो भन्ने भन्न नसकिने प्रगतिनगरका खगेन्द्र पराजुलीले बताए ।

कम्पनीले खाल्डा–खुल्डी परेको बाटोमा ढुंगासहितको सुख्खा ग्राभेल (मिस्कट) हालेर पुर्दा दुर्घटनाको जोखिम बढेको हो । बगर हालेर पुरिएका खाल्डाखुल्डी पानी पर्ने बित्तिकै फेरि उस्तै हुने गरेका छन् ।

मुख्यमार्ग भएकाले बाटो अवरुद्ध नगरी निर्माण कार्य पनि जारी रहने गरि व्यवस्थापन गर्नुपर्ने भएकाले कम्पनीलाई सोही अनुसार गर्न भनिएको प्रजिअ पंगेनीले बताइन् ।

सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले कोरोना संक्रमण जोखिमका कारण गरिएको लकडाउनदेखि वर्षाका कारण काममा ढिलासुस्ती गर्दै आएको छ ।

लकडाउनबेला पनि ठूला परियोजनाको काम नरोग्ने सरकारले निर्णय गरेपनि चिनियाँ कम्पनी आफ्नै कर्मचारी विवादका कारण बेलाबेला विभिन्न किसिममा विवादमा पर्दै आएको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा यो सडक स्तरोन्नतिका लागि शिलान्यास गरेपछि गैँडाकोट–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटर गरी दुई खण्डमा सडक निर्माण शुरु गरिएको थियो ।

सम्झौता अनुसार अहिले ७० प्रतिशतभन्दा बढी काम भइसक्नुपर्नेमा अहिलेसम्म सडक स्तरउन्नतिको ६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ४ : १५ बजे

अधोगति लागेको बोइङलाई कतारको राहत

काठमाडौं– पछिल्लो समय अमेरिकी राष्ट्रपति र हवाइजहाजसँग जोडिएका समाचार निरन्तर

आफ्नो आलोचना र विरोधमा उत्रिएपछि बालेनले प्रवक्ताबाट हटाए मानन्धरलाई

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले आफ्नो आलोचना

‘ओ‌लीको विकल्प खोजेको होइन, विधि कुल्चिएर गरिने व्यक्तिपूजाले एमाले बिग्रियो’

बाजुरा- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीभित्र विधि

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले सरकारलाई राजश्वसमेत बुझाउँदैन

सुर्खेत– माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको काम नेपाल सरकार र भारतीय