बगर बिच्छ्याएर राजमार्ग टालटुल गर्दै चिनियाँ कम्पनी (फोटोफिचर) « Khabarhub

बगर बिच्छ्याएर राजमार्ग टालटुल गर्दै चिनियाँ कम्पनी (फोटोफिचर)



नवलपुर– पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणघाट सडक खण्ड वर्षाले जीर्ण बनेको छ । वर्षाले राजमार्गको बर्दघाटदेखि गैंडाकोटसम्मको बाटो नराम्रोसँग बिगारेको छ ।

वर्षाले दाउन्नेको १४ किलोमिटर क्षेत्र, दुम्किबास, अरुणखोला, चोरमारा, प्रगतिनगर, गैंडाकोटको थुम्सी लगायतका मुख्य बजार क्षेत्र बगरमा परिणत भएको छ ।

गैंडाकोटदेखि दुम्किबासम्म नै राजमार्गका सैंयौं ठाउँ ठाउँमा सानाठूला खाल्डाहरु छन् । खासगरी नारायणघाट बुटवल खण्डको ११३ किलोमिटर सडक स्तरउन्नतिको ठेक्का पाएको चिनियाँ कम्पनी ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन’ ले सडकको दायाँबायाँ माटो थुपारेका कारण वर्षाको भेल थुनिएर राजमार्गमा बढी असर पुगेको छ ।

निर्माण अवधिभर ठेकेदार कम्पनीले सडक मर्मत सम्भार गर्नुपर्ने भएकाले ढुंगासहितको सुख्खा बगर बिच्छ्याएर झनै बढी दुर्घटनाको जोखिम बढाएको छ । निर्माण अवधिभर निर्माण कम्पनीले सडक मर्मत सम्भार गर्नुपर्ने भएकाले सोहीअनुसारको निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको भनाइ छ ।

सडकका खाल्डाखुल्डीहरुमा बगर हाल्ने टालटुले कामले ढुंगा उछिटिएर झनै बढी जोखिम हुने गरेको राजमार्ग आसपासका बासिन्दाहरुले गुनासो गरेका छन् । निषेधाज्ञाको समयमा समेत सवारीको चाप हुने यो राजमार्गमा बगर बिछ्याउँदा मोटरसाइकल चालकहरुलाई खढी जोखिम हुने गरेको छ ।

आफू सधैं नै मोटरसाइकलमा यहि बाटो हिँड्नुपर्ने भएकाले कतिबेला ढुंगा उछिटिएर लाग्ने हो भन्ने भन्न नसकिने प्रगतिनगरका खगेन्द्र पराजुलीले बताए ।

कम्पनीले खाल्डा–खुल्डी परेको बाटोमा ढुंगासहितको सुख्खा ग्राभेल (मिस्कट) हालेर पुर्दा दुर्घटनाको जोखिम बढेको हो । बगर हालेर पुरिएका खाल्डाखुल्डी पानी पर्ने बित्तिकै फेरि उस्तै हुने गरेका छन् ।

मुख्यमार्ग भएकाले बाटो अवरुद्ध नगरी निर्माण कार्य पनि जारी रहने गरि व्यवस्थापन गर्नुपर्ने भएकाले कम्पनीलाई सोही अनुसार गर्न भनिएको प्रजिअ पंगेनीले बताइन् ।

सडक विस्तारको जिम्मा पाएको चिनियाँ कम्पनीले कोरोना संक्रमण जोखिमका कारण गरिएको लकडाउनदेखि वर्षाका कारण काममा ढिलासुस्ती गर्दै आएको छ ।

लकडाउनबेला पनि ठूला परियोजनाको काम नरोग्ने सरकारले निर्णय गरेपनि चिनियाँ कम्पनी आफ्नै कर्मचारी विवादका कारण बेलाबेला विभिन्न किसिममा विवादमा पर्दै आएको छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ गते बुटवलमा यो सडक स्तरोन्नतिका लागि शिलान्यास गरेपछि गैँडाकोट–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटर गरी दुई खण्डमा सडक निर्माण शुरु गरिएको थियो ।

सम्झौता अनुसार अहिले ७० प्रतिशतभन्दा बढी काम भइसक्नुपर्नेमा अहिलेसम्म सडक स्तरउन्नतिको ६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ४ : १५ बजे

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी

बालेनलाई बधाई दिँदै इरानी राष्ट्रपतिले भने- नेपालसँग सहकार्य विस्तार गर्न तयार छौँ

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेश्कियानले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई

शाह नेतृत्वको मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व हालसम्मकै उच्च

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले महिला सहभागितामा हालसम्मकै ऐतिहासिक