एक अर्ब ६५ करोडको डाइपर आयात « Khabarhub

एक अर्ब ६५ करोडको डाइपर आयात


२३ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालले आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न १५ मुलुकबाट रु एक अर्ब ६५ करोड मूल्य बराबरका डाइपर आयात गरेको छ ।

विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी,ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नाका लागि डाइपरको प्रयोग गर्दछन् । भन्सार विभागले प्रकाशन गरेको सो आवका प्रतिवेदनमा करिब रु १० करोड ५५ लाख थान डाइपर आयात भएको उल्लेख छ ।

सोही आवमा नेपालले सबैभन्दा धेरै भारतबाट रु एक अर्ब ५० करोड अर्थात् करिब १० करोड थान डाइपर आयात गरेको थियो । यसपछि भियतनामबाट रु ५० लाखका पाँच लाख २० हजार थान तथा पाकिस्तानबाट रु ३१ लाखका करिब १५ हजार थान आयात भएका प्रतिवेदनमा जनाइएको छ ।

नेपालले अन्य मलेशिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स (यूएइ) युनाइटेड स्टेट्स, टर्की, थाइल्याण्ड, हङकङ,सिङ्गापुर, र डेनमार्कबाट पनि डाइपर आयात गर्दछ ।

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  ७ : ५० बजे

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत