नेपाल र पपुवा न्युगिनीको पहिलो एकदिवसीय आज | Khabarhub Khabarhub

नेपाल र पपुवा न्युगिनीको पहिलो एकदिवसीय आज

जित्ने लक्ष्यसहित मैदान उत्रदै नेपाल


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच आज पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुदैछ । दुई खेलको सिरिज अन्तर्गत नेपालले आज ओमानमा पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार बिहान ११:१५ बजे शुरू हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।

अहिलेसम्मका ४ भेटको नतिजाले नेपालभन्दा पीएनजीलाई बलियो देखाएको छ । नेपालले पीएनजीविरूद्ध एक मात्र जित निकालेको छ ।नेपालले सन् २०१८ को मार्चमा पीएनजीलाई हराएको थियो । जिम्बावेमा भएको विश्वकप छनोटमा नेपालले पीएनजीमाथि ६ विकेटको जित निकालेको थियो ।

त्यसअघि सन् २००५ फेब्रुवरीमा भएको पहिलो भेटमा नेपाल पीएनजीसँग ७० रनले पराजित भएको थियो । यस्तै २०१५ मा यूएईमा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपाल २ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।

यसअघिका आँकडा जे जस्ता भएपनि यसपटक जितको एक मात्र लक्ष्यसहित मैदान उत्रने कप्तान ज्ञानेन्द्र मल्लले जनाएका छन् । पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय खेल जीवनबाटै सन्यास लिएकाले उनको अनुपस्थिती टिममा खड्किने छ ।

समकालिन नेपाली क्रिकेटरमा सर्वाधिक सफल मानिने खड्काविना नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । तथापि टिममा नयाँ युवा खेलाडीको उपस्थितिले टिमलाई उर्जा दिएको ठानिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ६ : ४० बजे

बजारलाई थप व्यवस्थित बनाउन अनुगमनलाई तीव्रता दिँदै कामपा

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ

शेखरले भने- अब कांग्रेसले देशलाई नयाँ दिशा दिनुपर्छ, मंसिरमै महाधिवेशन हुनुपर्छ 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई पुनर्जीवित र

कोशी सरकारद्वारा बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई राहत वितरण

झापा– कोशी प्रदेश सरकारले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूका परिवारलाई राहतस्वरूप

झापामा खोलामा डुबेर तीन बालिकाको मृत्यु

झापा– गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

काठमाडौं– सगरमाथाको पहिलो सफल आरोहण दलका  सदस्य कान्छा शेर्पाको ९२