नेपाल र पपुवा न्युगिनीको पहिलो एकदिवसीय आज « Khabarhub

नेपाल र पपुवा न्युगिनीको पहिलो एकदिवसीय आज

जित्ने लक्ष्यसहित मैदान उत्रदै नेपाल


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच आज पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुदैछ । दुई खेलको सिरिज अन्तर्गत नेपालले आज ओमानमा पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयानुसार बिहान ११:१५ बजे शुरू हुनेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पीएनजीसँग खेल्न लागेको हो ।

अहिलेसम्मका ४ भेटको नतिजाले नेपालभन्दा पीएनजीलाई बलियो देखाएको छ । नेपालले पीएनजीविरूद्ध एक मात्र जित निकालेको छ ।नेपालले सन् २०१८ को मार्चमा पीएनजीलाई हराएको थियो । जिम्बावेमा भएको विश्वकप छनोटमा नेपालले पीएनजीमाथि ६ विकेटको जित निकालेको थियो ।

त्यसअघि सन् २००५ फेब्रुवरीमा भएको पहिलो भेटमा नेपाल पीएनजीसँग ७० रनले पराजित भएको थियो । यस्तै २०१५ मा यूएईमा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपाल २ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।

यसअघिका आँकडा जे जस्ता भएपनि यसपटक जितको एक मात्र लक्ष्यसहित मैदान उत्रने कप्तान ज्ञानेन्द्र मल्लले जनाएका छन् । पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय खेल जीवनबाटै सन्यास लिएकाले उनको अनुपस्थिती टिममा खड्किने छ ।

समकालिन नेपाली क्रिकेटरमा सर्वाधिक सफल मानिने खड्काविना नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । तथापि टिममा नयाँ युवा खेलाडीको उपस्थितिले टिमलाई उर्जा दिएको ठानिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ६ : ४० बजे

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने

ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू)

काठमाडौं– ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं– नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

मुस्ताङ–  ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र