दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति याकोब जुमा जेलमुक्त | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति याकोब जुमा जेलमुक्त


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकोप जुमा स्वास्थ्यसम्बन्धी समस्याका कारण जेलमुक्त भएका छन् ।

दक्षिण अफ्रिकी सुधार सेवा विभाग (डिसीएस) प्रवक्ता सिनाबाखो नक्सुमालोले भने, “पूर्व राष्ट्रपति जुमालाई स्वास्थ्यजन्य आधारमा जेलमुक्त गरिएको छ । यसको अर्थ उहाँले सामुदायिक सुधारका काम गर्ने शर्तमा बाँकी जेलसजाय मिनाह गर्ने सहमति भएको छ । यसकारण जेलबाहिर रहँदा पनि उहाँले विशेष शर्तहरूको पालना गर्नुपर्नेछ र उहाँको सजाय समाप्त नभएसम्म उहाँ सुरक्षा अनुगमनको घेराभित्र रहनुपर्नेछ ।”

“यदि कुनै अपराधीले स्वास्थ्यका कारण जेलबाट मुक्त हुँदा गरेका बाचाहरू पालना गरेन भने उसलाई पुनः बाँकी जेलसजाय भुक्तान गर्नुपर्ने हुन्छ ।”

नक्सुमालोले जुमाले पालन गर्नुपर्ने शर्तहरूबारे भने बताएनन् । उनले भने, “जुमाको पुनः गल्ती हुने सम्भावना कम छ ।”

अदालतको अवहेलना गरेको आरोपमा पूर्वराष्ट्रपतिले जुलाईदेखि ‘एस्टकोर्ट करेक्सनल सेन्टर’मा १५ महिनाको जेल सजाय भोगिरहेका थिए ।

जुमाले हालै एक शल्यक्रिया गरेको बताइएको छ तर यो के सम्बन्धी उपचार थियो भन्नेबारे जानकारी गराइएको छैन ।

एनक्सुमालोले बताएअनुसार घातक रोग लागेका र शारीरिक तवरमा अक्षमता भएका वा आफ्नो दैनिक क्रियाकलाप वा आत्म–सेवालाई अत्यन्तै सीमित गर्ने रोगबाट पीडित कैदीहरूलाई पनि चिकित्सा उपचारको लागि विचार गर्न सकिन्छ ।

उनले थपे, “सबै आवश्यक कुराहरू पूरा गरेमा सजाय पाएका सबै अपराधीहरूको लागि ‘चिकित्सा परोल’ राख्नु एउटा विकल्प हो भनेर हामी दोहोर्‍याउन चाहन्छौं । हामी सबै दक्षिण अफ्रिकीहरूलाई श्री जुमालाई चिकित्सा उपचार गरिरहँदा सम्मान प्रदान गर्न आग्रह गर्छौं ।”

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ७ : १० बजे

प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने

काठमाडौं– ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’

तीन महिनामा १८ प्रतिशत बजेट खर्च

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा सरकारले

एभरेस्ट होटेलमा मिराजको पत्रकार सम्मेलन (तस्बिरहरू) 

 काठमाडौं– जेन–जी आन्दोलनपछि एकाएक चर्चामा आएका मिराज ढुंगानाले नयाँ बानेश्वरस्थित

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

काठमाडौं– बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप

स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास दिलाउन लागौँ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष