जिसस प्रमुखसहित १० जनप्रतिनिधि एकीकृत समाजवादीमा « Khabarhub

जिसस प्रमुखसहित १० जनप्रतिनिधि एकीकृत समाजवादीमा


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- नेकपा (एमाले)बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी)पार्टीको पक्षमा सनाखत गराएका छन् ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङसहित १०  जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालय खोटाङमा आएर एकीकृत समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने जनप्रतिनिधिमा जिल्ला समन्वय समितिकै सदस्य उदयबहादुर कार्की र रञ्जना राई तथा बराहपोखरी गाउँपालिका–४ फाक्टाङका वडाध्यक्ष भुवलराज राईसमेत रहेका छन् ।

यस्तै बराहपोखरी गाउँपालिका–५ पौवासेराका वडा सदस्य हरिबहादुर मगर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ वडा सदस्य अनुप चाम्लिङ राई, सोही नगरपालिका–८ दोर्पा बुवालुङका वडा सदस्य हरि चाम्लिङ, जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका वडा सदस्य प्रकाश राई र महिला सदस्य रञ्जना राई र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका रामकुमार बस्नेतले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

माधवकुमार नेपालले दल दर्ता गरेसँगै निर्वाचन आयोगले दल रोज्नका लागि भदौ २२ गतेसम्मको समय दिएपछि जिल्लाका जनप्रतिनिधिले सो पार्टीका पक्षमा सनाखत गर्ने क्रम जारी रहेको समाजवादीका जिल्ला सचिव जलशेर राईले बताए ।

‘नेकपा (एस)मा ४१ जनप्रतिनिधि खुलेका छन्’, उनले भने, ‘भौगोलिक हिसाबले टाढा रहेका छ जना वडाध्यक्षसहित अन्य जनप्रतिनिधिले आज (मङ्गलबार) सनाखत गर्ने तयारी गरेका छन् ।’

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेले जिल्लाका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा दुई स्थानीय तहमा उपप्रमुख जितेको थियो ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहित ९८ प्रतिशत जनप्रतिनिधि एमालेमै रहेको एमाले  खोटाङका सचिव कुमार आचार्यले बताए ।

एमालेका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य राजन राईले यसअघि नै एकीकृत समाजवादीमा सनाखत गरिसकेका छन् । एमाले खोटाङका इन्चार्ज एवं प्रतिनिधिसभा सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई एमालेमै रहेका छन् ।

एमालेको विसं २०७२ वैशाख १०–१४ गते सम्पन्न अधिवेशनमा निर्वाचित ५९ सदस्यमध्ये अध्यक्ष चाम्लिङसहित २३ सदस्य एकीकृत समाजवादीमा खुलेका छन् ।

यसैबीच नेकपा एमाले खोटाङले सूर्य चिह्नबाट निर्वाचित आफ्ना जनप्रतिनिधिलाई पार्टी विभाजनको पक्षमा नलाग्न औपचारिकरूपमा आग्रह गरेको छ ।

निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई एकीकृत समाजवादी पार्टीमा सनाखत गराएर समावेश हुने मौका दिइरहेको भन्दै एमालेले सोमबार विज्ञप्ति जारी गरेर विभाजनको पक्षमा नलाग्न आग्रह गरेको हो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १० : ४० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असार १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १८ गते बिहीबार सन् २०२६

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा