अतिरिक्त ट्याङ्की जडान गरेर भारतिर पेट्रोलियम पदार्थ तस्करी | Khabarhub Khabarhub

अतिरिक्त ट्याङ्की जडान गरेर भारतिर पेट्रोलियम पदार्थ तस्करी


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनियानी- झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थको लागिरहेको अवस्थामा एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान नेपाल प्रवेश गरेको डब्लुबी७४डी २४४१ नंको खाली मिनीट्रक डिजेल हालेर पुनः भारत जान लागेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले मेची पुल नजिकैबाट उक्त ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनका अनुसार नेपाल प्रवेश गरेको भारतीय ट्रक सामान नै लोड नगरी ट्रकमा जडान गरिएको अतिरिक्त पेट्रोलियम पदार्थको ट्याङ्कीमा मेचीनगर–६ स्थित पूर्वाञ्चल पेट्रोलपम्पबाट ५५० लिटर डिजेल हालेर फर्किएको थियो ।

सो सूचना पाएपछि प्रहरीले ट्रक, ट्रकचालक भारत पश्चिम बङ्गाल नक्सलबारीका ३० वर्षीय विकास दास र सहचालक सोही स्थानमा ३४ वर्षीय सुजल साहलाई नियन्त्रणमा लिएको छ भने रू सात लाख मूल्याङ्कन तोकेर सोमबार नै मेची भन्सार कार्यालय बुझाइएको छ ।

भारतको पश्चिम बङ्गालभन्दा झापामा प्रतिलिटर डिजेलको मूल्य ३५ रुपैयाँ ३१ पैसा सस्तो छ । भारतको पश्चिम बङ्गालमा डिजेल प्रतिलिटर भारु ९१ रुपैयाँ ७१ पैसा (नेपाली १४६ रुपैयाँ ७३ पैसा) पर्छ भने झापामा डिजेल प्रतिलिटर १११ रुपैयाँ ५० पैसामा पाइन्छ ।

यो घटना सार्वजनिक भएसँगै झापामा पेट्रोलियम पदार्थ तस्करीको नयाँ शैली देखिएको छ । घटना सार्वजनिक भएसँगै यस्ता सवारी साधनमाथि निगरानी बढाउने प्रहरी अधिकारी बताउँछन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १० : ५५ बजे

मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार, प्रदेशसभाका पाँच सदस्य मन्त्रीमा सिफारिस

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

खुद नाफामा नबिल अब्बल, वितरणयोग्यमा ग्लोबल आइएमई (सूचीसहित)

काठमाडौँ – सञ्चालनमा रहेका २० वटै वाणिज्य बैङ्कले गत आर्थिक

डेंगु संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौंं– डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  काठमाडौं

कैलालीको गोदावरीमा शीतभण्डार निर्माण

कैलाली– गोदावरी नगरपालिका–१ स्थित कृषि हाटबजारको प्राङ्गणमा शीतभण्डार निर्माण गरिएको

गणपूरक सङ्ख्या नपुगेपछि लेखा समिति बैठक स्थगित

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठक गणपूरक सङ्ख्या अपुग भएपछि