संखुवासभा हत्या प्रकरण :  धरानबाट गएको प्रहरी टोलीले थाल्यो अनुसन्धान « Khabarhub

संखुवासभा हत्या प्रकरण :  धरानबाट गएको प्रहरी टोलीले थाल्यो अनुसन्धान


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्खुवासभाको मादी नगरपालिकाका एकै परिवारका ६ जनाको हत्या भएको घटनाको धरानबाट गएको प्रहरी टोलीले अनुसन्धान थालेको छ ।

सङ्घीय प्रहरी एकाइ कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा सोमबार राति घटनास्थल पुगेको टोलीले आज अनुसन्धान थालेको हो ।

सोमबार राति भारी वर्षा भएकाले कुकुरको प्रयोग प्रभावकारी नहुने ठानिएको छ । शव यत्रतत्र छरिएकाले लखेटीलखेटी हत्या गरेको देखिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

दाहालको नेतृत्वमा टोलीमा रिजनल इन्भेस्टिकेसन टिम र तालिम प्राप्त ट्रयाकर डग पिकु र लैलालाई पनि लगेको छ । आजै घटनास्थलको अनुसन्धान सकेर शव उठाउने तयारी प्रहरीको छ ।

सोमबार बिहान मादी नगरपालिका-१ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो ।

 

 

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १० : २५ बजे

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको