काठमाडौँ महानगर साक्षर घोषणा | Khabarhub Khabarhub

काठमाडौँ महानगर साक्षर घोषणा


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानरपालिका साक्षर महानगरपालिका घोषणा गरिएको छ । महानगरभित्रका कुल जनसंख्याको ९६.६ प्रतिशत साक्षर भएको हुँदा राष्ट्रिय मापदण्ड अनुसार महानगर शिक्षा विभागले सोमबार साक्षर घोषणा गरिएको हो ।

बाग्मती प्रदेशका नगर महानगरहरु सबै घोषणा भइसकेको अवस्थामा काठमाडौँ महानगरमात्र साक्षर हुन घोषणा हुन बाँकी रहेको हुँदा महानगरलाई साक्षर घोषणा गरिएको महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

यसका लागि महानगरले गत वर्षदेखि नै गृहकार्य गरेको उनले बताए । कुल जनसंख्याको ९६.६ प्रतिशत साक्षर भएको हुँदा साक्षर घोषणा गरिएको उनको भनाइ छ ।

अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यन्वयन सहजीकरण पुस्तिका, २०७५ अनुसार ९५ प्रतिशत भन्दा बढी १५ देखि ६० वर्ष उमेर समूह साक्षर भएको अवस्थामा साक्षरता घोषणा गर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ११ : ५९ बजे

लखनउमाथि हैदरावाद १० विकेटले विजयी : ऐतिहासिक जितमा बने धेरै रेकर्ड

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि