मनसुनी गतिविधि अझै बढ्ने « Khabarhub

मनसुनी गतिविधि अझै बढ्ने


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ ।

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश नं १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

राति देशभर सामान्य बदली र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव पाँच डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १२ : ०२ बजे

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की – पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

रसुवा – जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा