मृत भेटिए ‘द वायर’ अभिनेता माइकल « Khabarhub

मृत भेटिए ‘द वायर’ अभिनेता माइकल


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(एबीपी लाइभ)– हलिउड अभिनेता माइकल के विलियम्स न्यूयोर्कस्थित ब्रुकलिन पेन्ट हाउस अपार्टमेन्टमा मृत भेटिएका छन् । उनी ५४ वर्षका थिए ।

न्यूयोर्क सिटी पुलिसले उनको शव बरामद गरेपछि उनको के कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान सुरु गरेको छ ।

न्यूयोर्क प्रहरी विभागका प्रवक्ता लेफ्टिनेन्ट जोन ग्रिम्पेलले विलियम्स आफ्नो अर्पाटमेन्टमा दिउँसो दुई बजे इमरजेन्सी अपरेटरलाई फोन गरेपछि मृत भेटिएको बताए ।

घटनास्थलको अध्ययन गरेपछि प्रहरीले माइकलको निधन लागुऔषधको ओभरडोजबाट भएको हुनसक्ने अनुमान लगाएको छ ।

माइकल आफ्नो टेलिभिजन शो ‘द वायर’का लागि निकै लोकप्रिय थिए । यो शोमा उनले उमर लिटिलको भूमिका निर्वाह गरेका थिए । शोमा उनी एक यस्ता अपराधीको चरित्रमा थिए, जसको स्ट्रिक्ट मोरल कोड थियो ।

उनी एचबीओ सिरिज ‘बोर्डवाक एम्पायर’ र ‘लवक्राफ्ट कन्ट्री’ र फिल्ममा ‘१२ इयर्स ए स्लेव’, ‘असेसिन्स क्रीड’ र ‘गोन बेबी गोन’ जस्ता हिट फिल्मका हिस्सा थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १ : ५० बजे

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा