सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुग्यो « Khabarhub

सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुग्यो


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ६ पुगेको छ ।

०७४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनका क्रममा चार दल (एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राजपा) को प्रतिनिधित्व थियो । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या तीनमात्रै थियो ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेसँगै फेरि चार दलको प्रतिनिधित्व रहेको प्रदेशसभामा एमाले र जसपा फुटेपछि दलको संख्या ६ पुगेको हो ।

हाल प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टी, माओवादी केन्द्र, नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधित्व रहेको छ ।

५२ सदस्यीय प्रदेशसभामा नेकपा (एस) का १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका ११ तथा जसपा र लोसपाका एक/एकजना प्रदेशसभा सदस्य छन् । एमालेबाट निर्वाचित अर्जुनबहादुर सिंह सभामुख छन् भने माओवादीबाट एमाले प्रवेश गरेका पूर्वअर्थमन्त्री झपड बोहरा कारबाहीमा परेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  २ : ०० बजे

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा