अभिनेता रजतविरुद्ध ‘हिट एण्ड रन’ मुद्धा दर्ता « Khabarhub

अभिनेता रजतविरुद्ध ‘हिट एण्ड रन’ मुद्धा दर्ता


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेता रजत बेदीविरुद्ध ‘हिट एण्ड रन’ मुद्धा दर्ता भएको छ । उनीविरुद्ध मुम्बईको डीएन नगर पुलिस स्टेसनमा आफ्नो कारले एक व्यक्तिलाई ठक्कर दिएको आरोपसहित उजुरी परेको हो ।

रजतले ‘मचाए शोर’, ‘कोई मिल गया’, ‘पार्टनर’ र ‘अक्सर’ सहित कैयौं फिल्ममा अभिनय गरेका छन् । समाचारअनुसार रजतले अँधेरीमा आफ्नो कारले एक व्यक्तिलाई ठक्कर दिएका थिए ।

ठक्कर दिएपछि रजतले घाइते व्यक्तिलाई उपचारका लागि कुपर अस्पताल पुर्याएर भर्ना गराएका थिए । अभिनेताले पीडितको परिवारलाई घाइतेको उपचार गर्ने आश्वासन दिएका थिए । तर अस्पतालमा भर्ना गरेपछि उनी फर्किएर आएनन् ।

त्यसपछि पीडितको परिवारले अभिनेताविरुद्ध डीएन नगर पुलिस स्टेसनमा उजुरी दर्ता गरेका हुन् । यो घटना मंगलबार बिहान करिब साढे ६ बजेको समयमा शीतला देवी मन्दिरमा भएको थियो । जतिबेला रजत आफ्नो घर गइरहेका थिए । उनको कारबाट घाइते हुने व्यक्तिको नाम राजेश बुध हो, जो ४० वर्षका छन् ।

राजत हालका दिनमा फिल्मबाट टाढिएका छन् । यद्यपि उनले कैयौं ठूला स्टारका साथ अभिनय गरेर बलिउडमा आफ्नो विशेष स्थान बनाएका थिए । उनले बलिउडमा आफ्नो करियरको सुरुवात सन् १९९८ को फिल्म ‘साल २००१’बाट गरेका थिए । उनी फिल्ममा भिलेन चरित्रमा लोकप्रिय थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  २ : ५२ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक