राष्ट्रियता जोगाउनबाट चुक्यो देउवा सरकार : ओली « Khabarhub

राष्ट्रियता जोगाउनबाट चुक्यो देउवा सरकार : ओली


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले राष्ट्रियता जोगाउन नसकेको बताएका छन् ।

उनले नेपालको राष्ट्रियता जोगाउने बेलामा देउवा सरकार मौन बसेको आरोप लगाए ।

पोखरामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भारतीय हेलिकोप्टर नेपाली भूमिमाथि अनुमति बिनै उड्दा पनि सरकारले कुनै प्रतिक्रिया नदिएको बरु राष्ट्रियताको खबरदारी गर्दा नबोल्न भन्दै दबाब दिने गरेको आरोप लगाए ।

ओलीले भने, ‘नेपालको आकाशमा भारतीय हेलिकोप्टर उडेको विषयमा सरकार मौन बस्यो, यो सरकारले राष्ट्रियता जोगाउन सकेन ।’

बेपत्ता जयसिंह धामीको परिवारलाई न्याय दिनबाट पनि सरकार चुकेको ओलीको आरोप छ ।

उनले अफगानिस्तानबाट नेपाली उद्धार गर्न पनि सरकार जिम्मेवार बन्न नसकेको बताए ।

उनले भने, ‘अफगानिस्तानबाट नेपालीको उद्धार गर्नुपर्दैन ? तालिवानलाई फोन सम्पर्क गर्नुपर्दैन ?’

ओलीले महिना दिन भइसक्दा पनि सरकारले असुरक्षित रहेका नेपालीलाई उद्धार गर्न नसकेको आरोप लगाए ।

आफ्ना नागरिकलाई उद्धार गर्न अफगान विद्रोही तालिवानसँग सम्पर्क गरेर विमान पठाउनुपर्नेमा सरकार जिम्मेवार नबनेको भन्दै ओलीले भने, ‘अफगानिस्तानमा नेपालीको जीवन असुरक्षित छ । महिनौँ दिन भइसक्यो । तालिवानसँग फोन गरेर जहाज पठाउनुपर्थ्यो नि । तर, तालिवान घरमै आएर गालामा हान्लाजस्तो गरेर सरकार डराएको छ ।’

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : ०० बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

आज २०८३ साल साउन ९ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ९ गते शनिबार सन् २०२६

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला