तीजलाई आम्दानीसँग जोड्ने प्रयास « Khabarhub

तीजलाई आम्दानीसँग जोड्ने प्रयास



झापा- तीज नेपाली महिलाहरुका लागि हाँसो, खुसीमा रमाउने पर्व हो । सामान्यतः यस पर्वका बेला अन्य समयमा भन्दा गरगहना, लुगाफाटोमा निक्कै नै खर्च पनि हुने गरेको छ ।

पछिल्ला केही वर्षयता पार्टी प्यालेस र सामुहिक रुपमा तिज मनाउने चलनले पर्वलाई खर्चिलो बनायो भनेर आलोचना पनि हुने गरेको छ । तर झापाको दमक नगरपालिकामा भने तीज पर्वलाई आय आर्जनसँग जोडेर मनाउन थालिएको छ ।

दमक नगरपालिकाले महिलाहरुद्वारा उत्पादित विभिन्न हस्तकलाका सामाग्रीहरुको प्रदर्शन एवं विक्री सहितको कार्यक्रम राखेर महिलाहरुको मुख्य पर्व तीजलाई पनि आयआर्जनसँग जोड्ने प्रयास गरेको हो ।

नगरपालिकाले भदौ १८ गते देखि २२ गते सम्म महिलाहरुद्वारा प्रवद्धित विभिन्न शिपहरुको प्रशर्दन गरि तीज पर्व मनाएको हो । दमक ५ मा महिलाहरुको शिप प्रदर्शन गरि पर्वलाई आयआर्जनसँग जोड्ने प्रया गरिएको दमक नगरपालिकाका उपप्रमुख एवम् प्रवक्ता गीता अधिकारीको भनाइ छ ।

‘नगरपालिकाले महिलाहरुलाई विभिन्न समयमा शिप मूलक तालिम प्रदान गरेको थियो’ अधिकारीले भनिन्–‘तिनै शिप सिकेका महिलाहरुको शिप र क्षमता प्रदर्शनका लागि कार्यक्रम गरिएको हो ।’

शिपको व्यवसायीकरण

महिलाहरुले विभिन्न समयमा सिकेका शिप र क्षमता अनुसार उत्पादित सामाग्रीहरुको प्रदर्शन र बिक्रिका लागि कार्यक्रम राखिएको हो ।

जस अन्तर्गत सुन जस्तै देखिने तर सस्ता गहनाहरुको स्टर राखेकी दमक –७ की शान्ती गहतराजले भनिन्–‘महिलाहरुले नगरपालिकाबाट गहना बनाउने तालिम त लिएका थिए र विक्रि गर्ने उचित अवसर पाएका थिएनन्, यो प्रदर्शनीले धेरै सहयोग पुर्‍याएको छ ।’

प्रदर्शनीमा सोहि वडाको आत्मज्ञान महिला समुहलेले उत्पादन गरेका तिलहरी, नौगेडी, मुन्द्रा, बुलाकी लगायतको प्रदर्शनी र विक्रि गरिएको थियो ।

यस्तै सोही प्रदर्शनी भुटानी शरणार्थी महिलाहरु सहित स्थानीय महिलाहरुले उत्पादन गरेका विभिन्न सामाग्री विक्रि र प्रदर्शनीको अवसर पनि बन्यो । दमक अपांग सहयोग समितिको स्टलमा भुटानी शरणार्थी महिलाहरुले बनाएका मुढा देखि अपांग महिलाहरुले बनाएका झोला र सजावटका सामाग्री सम्म राखिएको थियो ।

यस प्रकारको प्रदर्शनी शरणार्थी तथा अपांगता भएका महिलाहरुले तयार पारेका विभिन्न सामाग्रीहरुको बजारीकरण गर्ने राम्रो अवसर बनेको दमक अपांग सहयोग समितिकी कोषाध्यक्ष अनिता रेग्मीले बताइन् । अपांगता भएका महिलाहरुले बताएका गुडिया, झोला, सजावटका सामाग्री लगायतको प्रदर्शनी र बिक्रि गरिएको उनले बताइन् ।

यस्तै समितिकै सदस्य चम्पा न्यौपानेले शिप सिकेर घरैमा बस्नु भन्दा यस प्रकारका प्रदर्शनीले बजार विस्तार गर्ने अवसर प्रदान गरेको बताइन् । सो प्रदर्शनीमा महिलाहरुले तयार पारेका आचार, गहना, सजावटका सामाग्री लगायतको प्रदर्शनी र बिक्री गरिएको थियो ।

 

 

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ८ : ३० बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई