कांग्रेसको वडा अधिवेशन : तनहुँको ८५ मध्ये ६९ वडामा सर्वसम्मत | Khabarhub Khabarhub

कांग्रेसको वडा अधिवेशन : तनहुँको ८५ मध्ये ६९ वडामा सर्वसम्मत


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली- नेपाली कांग्रेसको वडा अधिवेशनअन्तर्गत ८५ वडा रहेको तनहुँमा ८४ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये ६९ वडामा सर्वसम्मत र १५ वडामा निर्वाचनबाट नेतृत्व चयन भएको हो ।

दश स्थानीय तह रहेका तनहुँमा निर्वाचनबाट चार वडामा महिला सभापति चयन भएको जिल्लास्थित पार्टी कार्यालयले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ मा अधिवेशन स्थगित भएको छ । घिरिङ गाउँपालिका–१ मा सभापति पदमा सहमति जुट्न नसकेपछि आइतबार मतदान प्रक्रियाबाट सभापतिको टुङ्गो लगाएको पार्टीका जिल्ला सचिव विश्व बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार स्थगित भएको वडामा छिट्टै अधिवेशन सम्पन्न हुनेछ । गुटगत विवाद उत्कर्षमा पुग्दा वडामा मतदान प्रक्रिया शुरु हुनु अगावै निर्वाचन सामग्री जफत भएपछि अधिवेशन स्थगित भएको थियो ।

व्यास नगरपालिका–१ को सभापतिमा दिलबहादुर दरै, वडा नं २ को सभापतिमा टुकबहादुर हमाल, वडा नं ३ को सभापतिमा अनप राना, वडा नं ४ को सभापतिमा देवबहादुर गुरुङ, वडा नं ५ को सभापतिमा सुरबहादुर थापा, वडा नं ६ को सभापतिमा ढालप्रसाद घिमिरे, वडा नं ७ को सभापतिमा युवराज गुरुङ, वडा नं ८ को सभापतिमा युवराज गुरुङ, वडा नं ९ को सभापतिमा नरबहादुर गुरुङ, वडा नं १० को सभापतिमा प्रेमराज मिश्र, वडा नं ११ को सभापतिमा देवबहादुर थापा, वडा नं १२ को सभापतिमा चन्द्रबहादुर विक, वडा नं १३ को सभापतिमा रेशम विक र वडा नं १४ को सभापतिमा नरिमाया राना निर्वाचित भएका छन् ।

यसैगरी शुक्लागण्डकी नगरपालिका–१ को सभापतिमा कृष्णबहादुर गुरुङ, २ को सभापतिमा धु्रवराज पौडेल, ३ को सभापतिमा युवराज श्रेष्ठ, ४ को सभापतिमा दिलबहादुर श्रेष्ठ, ५ को सभापतिमा हरिराज अधिकारी, ६ को सभापतिमा रवि केसी, ७ को सभापतिमा ईश्वर शर्मा, ९ को सभापतिमा रामप्रसाद पाठक, १० को सभापति खड्गविक्रम खाँण, ११ को सभापतिमा रविन्द्रविक्रम थापा र १२ को सभापतिमा गजबहादुर गुरुङ निर्वाचित भएका छन् ।

भिमाद नगरपालिका वडा नं १ को सभापतिमा माधव लम्साल, २ को सभापतिमा मोहन राना, ३ को सभापतिमा धनबहादुर थापा, ४ को सभापतिमा लोकबहादुर राना, ५ को सभापतिमा गणेश गैह्रे, ६ को सभापतिमा सूर्यनाथ पौडेल, ७ को सभापतिमा सोमराज सुवेदी, ८ को सभापतिमा माधव खनाल र ९ को सभापतिमा मनबहादुर थापा निर्वाचित भएका छन् ।

भानु नगरपालिका वडा नं १ को सभापतिमा कृष्णकुमार श्रेष्ठ, २ को सभापतिमा अर्जुनबहादुर केसी, ३ को सभापतिमा सूर्यमान गुरुङ, ४ को सभापतिमा नुरचन्द्र पाण्डे, ५ को सभापतिमा दिपक थापा, ६ को सभापतिमा रणबहादुर श्रेष्ठ, ७ को सभापतिमा कुमार गाछा मगर, ८ को सभापतिमा ईश्वरबहादुर घिमिरे, ९ को सभापतिमा गणेशमान श्रेष्ठ, १० को सभापतिमा हिमनिधि पाण्डे, ११ को सभापतिमा हरिबहादुर बोहरा, १२ को सभापतिमा बेलबहादुर अधिकारी र १३ को सभापतिमा कृष्णबहादुर अधिकारी निर्वाचित भएका छन् ।

म्याग्दे गाउँपालिका वडा नं १ को सभापतिमा विनोददत्त खनाल, २ को सभापतिमा रमेश अधिकारी, ३ को सभापतिमा बालचन्द्र भट्टराई, ४ को सभापतिमा सन्देश अधिकारी, ५ को सभापतिमा मदन थापा, ६ को सभापतिमा डिलबहादुर गुरुङ, ७ को सभापतिमा अच्युतराज काफ्ले निर्वाचित भएका छन् ।

बन्दिपुर गाउँपालिका वडा नं १ को सभापतिमा देवेन्द्र खनाल, २ को सभापतिमा नारायण खड्का, ३ को सभापतिमा कुलबहादुर अधिकारी, ४ को सभापतिमा सीता थापा, ५ को सभापतिमा रिता तिवारी र ६ को सभापतिमा खुराकजङ्ग गुरुङ निर्वाचित हुनुभएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं १ को सभापतिमा किसन थापा, २ को सभापतिमा मिलन गुरुङ, ३ को सभापतिमा मदन खत्री, ४ को सभापतिमा टेकबहादुर थापा, ५ को सभापतिमा नरमान गुरुङ र ६ को सभापतिमा धनबहादुर गुरुङ निर्वाचित भएका छन् ।

ऋषिङ गाउँपालिका वडा नं १ को सभापतिमा सविना राना, २ को सभापतिमा खेमबहादुर राना, ३ को सभापतिमा दुर्गाबहादुर राना, ४ को सभापतिमा प्रेमकुमार श्रेष्ठ, ५ को सभापतिमा केशव थापा, ६ को सभापतिमा दानबहादुर आले, ७ को सभापतिमा दुर्गाबहादुर थापा र ८ को सभापतिमा भरतकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

घिरिङ गाउँपालिका वडा नं २ को सभापतिमा सुरेन्द्र थापा, ३ को सभापतिमा होमबहादुर थापा, ४ को सभापतिमा वीरबहादुर थापा र ५ को सभापतिमा चन्द्र थापा निर्वाचित हुनुभएको छ । देवघाट गाउँपालिका वडा नं १ को सभापतिमा मुक्ति थापा, २ को सभापतिमा मिनबहादुर राना, ३ को सभापतिमा गङ्गासिं विक, ४ को सभापतिमा नरबहादुर गुरुङ र ५ को सभापतिमा सोमनाथ ढकाल चयन भएका छन् ।

तनहुँमा नेपाली कांग्रेसका १४ हजार ५१४ क्रियाशील सदस्य छन् । सात हजार ५७९ नयाँ हुन् भने ६ हजार ९३५ पुराना सदस्य छन् ।

१९ वर्षका कान्छा क्षेत्रीय प्रतिनिधि

म्याग्दे गाउँपालिका–५ निवासी जुपिटर वाग्ले नेपाली कांग्रेसको कान्छो क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । कांग्रेसको महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट उनी म्याग्दे–५ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका हुन् ।

उनी हाल १९ वर्षको भए । उनी तनहुँ जिल्लामै सबैभन्दा कम उमेरका क्षेत्रीय प्रतिनिधि बन्नुभएको छ । जनज्योति क्याम्पस भिमादमा विद्यार्थी राजनीति गर्ने वाग्ले युथ कांग्रेस नेपालको तनहुँ जिल्ला सदस्य र युथ कांग्रेस नेपाल म्याग्देका संयोजक रहेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ८ : ४५ बजे

क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान

काठमाडौं – नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण

देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छाैं : मन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय देशभर

एनआरटी क्लब झापा कपको सेमिफाइनलमा

झापा – कप्तान अञ्जन विष्टको ह्याट्रिक गोलको मद्दतले एनआरटी क्लब

बङ्गलादेश र पाकिस्तानका नेताहरू सम्बन्ध बढाउन सहमत

कायरो । बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले बिहीबार पाकिस्तानसँग ‘सम्बन्ध

एक सय ३२ जना महिला र बालबालिकाको उद्धार

पर्सा – माइती नेपाल शाखा कार्यालय वीरगञ्जले सन् २०२४ वीरगञ्ज