नयाँ निर्देशकसँग सहकार्य नगर्ने राम चरणको घोषणा « Khabarhub

नयाँ निर्देशकसँग सहकार्य नगर्ने राम चरणको घोषणा


२२ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता राम चरण दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता हुन् । अभिनेताका अलावा उनी फिल्म निर्माता पनि हुन् । त्यहीकारण कसको फिल्मले कस्तो व्यापार गरेको छ र कुन निर्माताको फिल्म दर्शकका लागि रुचीकर छ भन्ने कुरामा उनी जानकार छन् ।

अभिनेता अल्लु अर्जुनले निर्माण गरेको फिल्म ‘ना पेरु सुर्या’ बक्सअफिसमा फ्लप भएपछि राम चरण झस्किएका छन् । किनकी यो फिल्मका निर्देशक नयाँ थिए ।

यो फिल्मका निर्देशक बाहेक अन्य नयाँ निर्देशकका फिल्मले बक्सअफिसमा कमाल गर्न सकेनन् । नयाँ निर्देशक फिल्ममा असफल भएको देखेपछि राम चरणले नयाँ निर्देशकसँग सहकार्य नगर्ने घोषणा गरेका छन् ।

उनका अभिनेता चिरञ्जीवीले पनि नयाँ निर्देशकको रिमेक फिल्ममा अभिनय नगर्न सुझाव दिएका छन् । यही सुझावलाई शिरोपर गर्दै राम चरणले नयाँ निर्देशकसँग काम नगर्ने निर्णय लिएका हुन् ।

राम चरण फिल्म ‘बाहुबली’ निर्माता तथा निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’मा जुनियर एनटीआर, आलिया भट्ट र अजय देवगनका साथ देखिँदैछन् ।

फिल्मको रिलिज मिति कोभिड महामारीका कारण सारिएको छ । फिल्म सन् २०२० को जुलाई ३० मा रिलिज हुने पूर्वनिर्धारित मिति भए पनि अब यो फिल्म सन् २०२१ को अक्टोबर १३ मा रिलिज गर्न सारिएको थियो । तर अब यो मितिबाट पनि फिल्म सन् २०२२ को जनवरीमा पुगेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ५ : २६ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान